back
NMB ad

हकप्रदमा नबिकेको २ लाख १४ हजार कित्ता सेयर लिलामी गर्दै सिद्धार्थ बैंक

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकले गत फागुन २ गतेदेखि निष्काशन गरेको ६८ लाख २६ हजार ११७ कित्ता सेयरमध्ये एक लाख ७४ हजार ३१५ कित्ता सर्वसाधारण र ४० हजार २० दशमलव ६४ कित्ता संस्थापक समूहको सेयर विक्री नभएपश्चात लिलाम बढाबढमा विक्री गर्न गर्न लागेको छ । बैंकले जेठ ३ गतेदेखि १० प्रतिशत हकप्रदमा अवितरित भएको २ लाख १४ हजार ३३५ कित्ता सेयर लिलामी गर्ने भएको हो ।

हकप्रद सेयर लिलामी खरिद गर्न लगानीकर्ताले बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलको कार्यालष् नक्साल तथा सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट जेठ १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयर बुधबार नेप्सेमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा कायम गरेको छ । बैंकले गत वर्षको कमाईबाट वितरण गरेको १४ प्रतिशत बोनस र १० प्रतिशत हकप्रदश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ कायम हुनेछ ।

२०७५ बैशाख २७ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २७ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...