back
NMB ad

कुमारी बैंकको २० प्रतिशत हकप्रद बिक्री खुल्ला आजदेखि

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले शुक्रबार देखि १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता (२० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको छ । आवेदन दिने अन्तिम म्याद जेठ ३१ गतेसम्म हुनेछ । वैशाख ९ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

हाल कुमारीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ । ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बाँकी रकम बोनस सेयरको सहारा लिन सक्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर शाखाबाट पनि हकप्रद भर्न सक्नेछन् ।

यसैगरी, कुमारी बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौं सहित सम्पूर्ण शाखा कार्यालय र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न पाइनेछ । राष्ट्र बैैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने क्रममा कुमारीले हकप्रदको बाटो रोजेको हो । गत वर्ष पनि कुमारीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ११ पैसा छ ।

२०७५ बैशाख २८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २८ शुक्रवार ११:०५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...