back
NMB ad

रुप फेर्दै वीर अस्पताल, यसरी हुँदैछ सरसफाईको काम

Kumari bank ad

काठमाडौ । सरकारी अस्पतालको शौचालय भन्ने बित्तिकै डुङडुङति गन्हाउने, खुट्टै टेक्न सकस लाग्ने अवस्थाको कल्पना गरिन्छ । केही दिनअघिसम्म देशकै जेठो वीर अस्पतालको हालत पनि योभन्दा फरक थिएन ।

तर हिजोआज वीरको शौचालय टेक्नेहरु आश्चर्यचकित हुन थालेका छन् । शौचालयबाट दुर्गन्ध बेपत्ता भएको छ भने दिसापिसाब गर्ने प्यान कमोडहरु टिलिक्क टल्किएका छन् । नाक थुन्दै भित्र पस्नुपर्ने अवस्था अन्त्य भएको छ ।

शौचालय त सुरुआत मात्र हो । वीर अस्पताल चाँडै नै आफ्नो रुपरंग फेर्ने तयारीमा छ । यहाँ सरसफाइदेखि रंग रोगनका कामहरु धमाधम भइरहेका छन्, जसको संयोजन गरेका छन् हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले । उनी २४ सै घन्टा अस्पतालमै अड्डा जमाएर सरसफाइ र रंगरोगनमा जुटिरहेका देखिन्छन् ।

‘यहाँ पनि मोदी आउने रहेछन् कि क्या हो ? वीर अस्पतालको चौंथो तल्लामा उक्लिनासाथ एक आगन्तुकले भने । वीर अस्पतालको इएनटी विभागमा कार्यरत नर्स शारदा भट्टराईले भन्दै थिइन्, ‘धुर्मुस सुन्तलीले अस्पताल सफा गरिरहेको छ भन्ने सुनेर माथि आएको । नभन्दै दुलही जस्तै बन्न लागेको रहेछ ।’

स्वास्थ्य मन्त्रालयको खेम्स क्लिनिङ्ग र धुर्मुस(सुन्तली फाउण्डेशनले वीर अस्पतालको सफाइ अभियान सुरु गरेका थिए । सफाइ मात्र गरेर चित्त नबुझेर धुर्मुसले रंगरोगन समेत गर्ने प्रस्ताव गरे । अस्पताल व्यवस्थापन सहमत भएपछि उनले आफ्नै २ लाख रुपैयाँबाट रंग किनेर काम सुरु गरिहाले । परिवर्तनका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई खेम्स क्लिनिङ, बागमति सफाई अभियानका अभियन्ता, टेलिसिरियल भद्रगोलको टिम, सिस्नोपानी समूह, मह जोडी लगायतले सघाउँदै आएका छन् ।

अहिले वीर अस्पतालमा रङ्गरोगनको काम २४ अ‍ै घण्टा सञ्चालन भइरहेको छ । अस्पतालका झ्याल तथा भित्ताहरु पहेलो र निलो रङ्गले पोतिन थालेको छ । भित्ताहरुमा असरल्ल फैलिएको तारलाई लिस्टीले बाध्ने काम भइरहेको छ । बिरामी तथा अगन्तुकको चापका कारण सरसफाइको काम भने राती आठ बजेदेखि बिहान तीन बजेसम्म गरिन्छ ।

यसको लागि अस्पतालको तर्फबाट दश कर्मचारी तथा अभियन्ताका तर्फबाट १५ स्वयंसेवी गरी जम्मा २५ जनाको समूहलाई चार बेग्लाबेग्लै समूहमा विभाजन गरिएको छ । त्यसमा अन्य स्वयंसेवीहरुले पनि बेला बेलामा सघाउँदै आएका छन् । अस्पतालमा हुन लागेको परिवर्तनले सेवाग्राहीहरुलाई खुशी त बनाएको छ नै अस्पतालका कर्मचारीहरुलाई समेत उत्साहीत बनाएको छ ।

अस्पतालको सामाजिक सेवा इकाईकी सम्झना लामिछाने भन्छिन्,’यहाँका कर्मचारीले दिनमा दुईदेखि तीन पटकसम्म सरसफाइ गर्दै आएका थिए । तर, धुर्मुस सुन्तलीले अभियानमा साथ दिनासाथ अस्पतालको रुप अर्कै भएको छ ।’

धुर्मुसले १५ दिनमा वीर अस्पतालको सरसफाई र रंगरोगन सक्ने लक्ष्य लिएको बताए । त्यसपछि सरसफाइलाई निरन्तरता दिने जिम्मेवारी अस्पतालकै कामदारहरुलाई हस्तान्तरण गरिनेछ । वीरपछि ट्रमा सेन्टरको सरसफाइमा जुट्ने धुर्मुसको भनाइ छ ।

‘देशकै नमूना अस्पताल बनाउने सोचका साथ स्वास्थ्य राज्यमन्त्रीज्यूको पहलमा यो कामको थालनी भएको हो,’ उनले भने, ‘यो काम नसकेसम्म मैले आफ्नो सम्पूर्ण समय अस्पताललाई नै दिनेछु । मरिमेटेर लागेपछि परिवर्तन असम्भव हुँदैन ।’

अनलाइनखबर
२०७५ बैशाख २८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २८ शुक्रवार १३:५३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...