back
NMB ad

अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने, सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने यस्तो छ सरकारको मार्गदर्शन

Kumari bank ad

काठमाडौं । सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ । सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन नै बनाएको छ ।

मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ संरचना र दरबन्दी सिर्जना गर्न र स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्ति गर्न पाइने छैन । सरकारी खर्चमा गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्दा सम्भव भएसम्म सरकारी हल प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साथै साविकको कार्यालयका लागि थप फर्निचर तथा कम्प्युटर, ल्यापटप, प्रिन्टर खरिद गर्ने मार्गदर्शनमा उल्लेख छ । मर्मत् नगरी फर्निचर, सजावटका सामग्री खरिद गर्न नपाउने व्यवस्था निर्देशिकामा छ । मार्गदर्शनले सबै सरकारी कार्यालय र पदाधिकारीहरुलाई आर्थिक मितव्ययीताको दायरामा ल्याएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

निर्देशिकामा सार्वजनिक क्षेत्रमा उस्तै किसिमको योजना, कार्यक्रम र कार्ययोजना बेग्लाबेग्लै निकायबाट प्रस्ताव गर्ने र स्रोतको माग गर्न बन्द गर्ने उल्लेख छ । दातृ निकायबाट प्राप्त हुने रकमलाई दोहोरोपन नहुनेगरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा राखिएको छ । सार्वजनिक खरिदका विकृति नियन्त्रण गर्ने विषय पनि मार्गदर्शनमा समेटिएको छ । लामो समयसम्म कार्यसम्पादन नगरी ठेक्का अवधि थपेर अनावश्यक व्यायभार सिर्जना गर्ने तथा विभिन्न बाहनामा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने व्यवस्था पनि  मार्गदर्शनमा गरिएको छ ।

विकास आयोजनाको निरन्तर अनुगमन गरी दोषी भेटिएकामाथि कारवाही गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ । निर्माण व्यवसायीको क्षमताको पहिचान नगरी अन्धाधुन्ध निर्माणको ठेक्का दिएको पाइए सम्बन्धित सरकारी अधिकारीलाई कारवाही गर्ने व्यवस्था गरिएको छ । अनावश्यक वस्तुको खरिद तथा भण्डारण गर्ने, आवश्यक जनशक्ति नहुँदा पनि मेसिनरी किन्ने, मितव्ययीताको ख्याल नगरी सफ्टवेर खरिद गर्न पनि मार्गदर्शनले प्रतिबन्ध लगाएको छ । संगठित रुपमा सेवाको मूल्य अनावश्यक रुपमा बढाउने, प्रतिस्पर्धात्मक बजारलाई संकुचित गरी बढी मूल्य कायम गर्ने, एकाधिकार स्थापित गर्ने, जस्ता कार्यको अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सरकारी पदाधिकारीले तोकिएको भन्दा बढी सवारी साधन र अगुवापछुवा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ । अब स्वीकृत मापदण्डबाहेक सरकारी सवारी साधनमा निजी नम्बरप्लेट राख्न समेत पाइनेछैन । आर्थिक कार्यविधि ऐन तथा आर्थिक नियमावली बमोजिम प्रयोगमा नआउने सवारी साधन ६ महिनाभित्र लिलाम गर्नुपर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । अत्यावश्यक अवस्थामा पुराना सवारी साधन लिलामको प्रक्रिया अगाडि बढाएपछि मात्रै नयाँ सवारी साधन किन्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सम्भव भएसम्म मर्मत गरेरै सवारी साधन चलाउनुपर्ने कडा व्यवस्था निर्देशिकाले गरेको छ ।

विभिन्न नाममा हुने वैदेशिक भ्रमणलाई पनि निर्देशिकाले निरुत्साहित गरेको छ । विदेशी राष्ट्र तथा आयोजकले खर्च व्यहोर्ने वैदेशिक तालिम अध्ययन तथा अवलोकन भ्रमणमा मनोनयन भएका पदाधिकारीलाई सरकारका तर्फबाट पकेट खर्च, बाटोको म्याद, भ्रमण भत्ता लगायतको खर्च नगरिने निर्देशिकामा छ । सार्वजनिक निकायका पदाधिकारीले गैरसरकारी संस्थाका साथै आयोजना सम्वद्ध निर्माण व्यवसायी एवं परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

अनलाईनखबर
२०७५ बैशाख २८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २८ शुक्रवार १७:५८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...