back
NMB ad

मुलुकको विकास गर्न पर्यटनबाटै सकिन्छ : मन्त्री अधिकारी

Kumari bank ad

म्याग्दी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उहाँले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताउनुभयो ।

मन्त्री अधिकारीले नेपाल प्राकृतिक, धार्मिक, ऐतिहासिक र परम्परागत कला संस्कृतिमा धनी भएकाले तिनको संर्वधन गरी पर्यटक भित्र्याउन सके मुलुकको विकास र समृद्धि सम्भव हुने बताउनुभयो ।

‘‘ यहाँ कयौँ मनोरम पर्यटकीय गन्तव्य छन्, पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा अहिले पर्यटक बढ्न सकेका छैनन्, अब सरकारले त्यसतर्फ ध्यान दिन्छ, पर्यटन विकासमा सरकार गम्भीर भएर लागेको छ’’–उहाँले भन्नुभयो ।

सन् २०२० मा वार्षिक रुपमा १५ लाख पर्यटक भित्र्याउने घोषणा गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सरकारले त्यो संख्या बढाएर २० लाख पर्यटक भित्र्याउने योजना सहित काम गरिरहेको बताउनुभयो ।

उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र पर्यटन बोर्डद्वारा संयुक्त रुपमा स्थापित पर्यटक सूचना केन्द्र उद्घाटन गर्दै उहाँले यस केन्द्रले जिल्लामा भित्रने पर्यटकलाई जिल्लाका गन्तव्यको बारेमा सूचना र सन्देश प्रवाह गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

२०७५ बैशाख ३० गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३० आइतवार १७:०५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...