back
NMB ad

रैराङ हाइड्रोपावरको आइपीओ खुल्यो, कति गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सोमबारदेखि आइपीओ खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो आइपीओमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने जेठ २९ गतेसम्म भर्न पाइने व्यवस्था छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमार्फत सेयर भर्न सकिनेछ । यसमा न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन पाइन्छ ।

लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, रैराङ हाइड्रो डेभलपमेन्ट प्रालि थापाथली र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सि आश्वा मार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो शेयरका प्रयोगकर्ताले घर मै बसी इन्टरनेटको माध्यमबाट आइपिओमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीले जारी पुँजी ५६ करोड रुपैयाँको १५ प्रतिशत सेयर निष्कासन गरेको हो । रैराङले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । रैराङको प्रतिसेयर नेटवर्थ ९७.४४ रुपैयाँ रहेको छ । जारी पुँजी ५६ करोड रुपैयाँको १५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ ।

२०७५ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३१ सोमवार १७:४५ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...