back
NMB ad

जेठ २ गते देखि प्राइम लाइफको झण्डै ३ लाख कित्ता सेयर लिलामीमा आउँदै, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सको जेठ २ गते देखि सर्वसाधारण समूहको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद जेठ ९ गतेसम्म हुनेछ । कम्पनीले यसअघि फागुन २७ गतेदेखि वैशाख २ गतेसम्म ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यसमध्ये २ लाख ७१ हजार ९७८ कित्तामा आवेदन नपरेपछि बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो ।  न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । हाल प्राइम लाइफको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । लिलामी सेयर बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न मिल्नेछ ।  कम्पनीको चैत १४ गते सम्पन्न सभाले यही पुँजीबाट १२.५५ प्रतिशत बोनस दिने प्रस्ताव पनि पारित गरेको छ ।

बोनसपछि चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ भने २६९ रुपैयाँ ३१ पैसा छ ।

२०७५ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३१ सोमवार १८:२८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...