back
NMB ad

काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक चिनियाँ मोडलका सार्वजनिक शौचालय बनाउने

Kumari bank ad

काठमाडौं । राजधानीका अत्यन्त व्यस्त स्थानहरुमा अझै पनि शौचालयको उपयुक्त व्यवस्था छैन । दिसापिसाब लागेमा कि रेष्टुरेन्ट कि त सपिङ मल पस्नु पर्ने बाध्यता छ । यसलाई ध्यान दिँदै काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय बनाउने भएको छ । हुन त यो दुई तीन वर्ष नै अघि सारिएको योजना हो । तर, लगानीकर्ताको अभावमा अघि बढ्न सकेको थिएन । अब भने महानगरले आफ्नै लगानीमा बनाउने भएको छ ।

महानगरपालिकाले आफ्नै खर्चमा ६ स्थानमा शौचालयको निर्माण गर्न लागेको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेका अनुसार बानेश्वर, त्रिपुरेश्वर, चाबहिल बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागिएको छ । डिजाइन तयार भएको छ भने लागतबारे अध्ययन थालिएको छ । ५ लाखमा निर्माण गर्न सकिने यस्तो शौचालय चीनमा निकै प्रचलनमा आएको छ ।

रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएको यस्तो शौचालय १ सय १० केजी तौलको हुन्छ । यसमा राखिएको पानीको ट्याङ्की १ सय ६० लिटरको हुन्छ भने फोहरको ट्याङ्की क्षमता २ सय ९० लिटरको हुन्छ । यसमा सौर्य उर्जाबाट चल्ने पंखा र बत्ति हुन्छ । साथै पुरुषहरुको लागि छुट्टै युरिनल समेत राखिएको हुन्छ । हात धुने बेसिन, ट्वाइलेट पेपर स्ट्याण्ड र ऐना पनि राखिएको हुन्छ ।

सानो ठाउँमा नै राख्न सकिने भएकाले यो ट्वाइलेट महानगरपालिकाका लागि समेत उपयुक्त देखिन्छ । यस्तो शौचालय सहजै एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण गर्न पनि सकिने भएकाले महानगरका लागि उचित हुने काफ्ले बताउँछन् । चिनियाँ मोडलका अत्याधुनिक शौचालय चीनबाटै खरिद गर्ने काठमाडौं महानगरको योजना छ ।

महानगरले विभिन्न बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थालाई समेत यसमा लगानी गर्न आग्रह नगरेको होइन । तर अहिलेसम्म कोही तयार भएका छैनन् । ‘बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायीत्वतर्फ गर्ने खर्च यसमा लगाउन आग्रह गरेका छौं, तर कोही तयार भएनन्,’ काफ्लेले भने ।

यसै वर्षभित्र ६ स्थानमा शौचालय राख्ने गरी प्रक्रिया अघि बढाइएको सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेले जानकारी दिए । ‘हामी आफैंले निर्माण गरेपछि यसमा निजी लगानीकर्ताको पनि चासो बढ्नेछ भन्ने अपेक्षाका साथ निर्माण अघि बढाउन लागेका हौं,’ उनले भनेका छन् ।

अनलाईनखबर
२०७५ जेठ १ गते प्रकाशित

वि.सं.२०७५ जेठ १ मंगलवार १४:२३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...