हरिगुरुको शोकमा भक्तपुरका स्थानीय तह बन्द

भक्तपुर। प्रदेश नं ३ का प्रदेश सदस्य एवं चाँगुनारायण नगरपालिका– ६ नगरकोट, तेलकोट निवासी हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउँदै जिल्लाका स्थानीय तहअन्तर्गतका कार्यालय बन्द गरिएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको सोमबार बसेको बैठकको निर्णयानुसार स्थानीय तह बन्द भएको हो । जिसस र भक्तपुरका नगरपालिकाबाट आधा झण्डा झुकाइएको एवं जिसस तथा नगरपालिका र वडा कार्यालय बन्द गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

२०७५ जेठ १ गते प्रकाशित

२०७५ जेष्ठ १ गते १६:१९ मा प्रकाशित

You can share this post!

दुवै मृगौला फेल भएका राजकुमार बचाउने अभियानमा कलाकार शोभा त्रिपाठी

सरकारले तिव्र विकास चाहेको छ : प्रधानमन्त्री ओली

Related posts