back
NMB ad

रैराङको आइपीओमा १८ गुणा बढी आवेदन, १ लाख बढी आवेदकले नपाउने

Kumari bank ad

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा माग भन्दा १८.०७ गुण बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लगानीकर्ताले १ करोड ३६ लाख ३८ हजार कित्ताका लागि आवेदन दिएका छन् । कुल १ लाख ७७ हजार ३ सय ५० आवेदकबाट १ अर्ब ३६ करोड ३८ लाख बढीको आवेदन परेको हो । जुन माग भन्दा १८.०७ गुण बढी हो ।

अब आवेदन रुजु गरिनेछ । रुजु गर्दा आवेदक संख्या र रकममा सामान्य तलमाथि हुन सक्ने सीडीएसको भनाई छ । रैराङले कुल ८ लाख ४० हजार कित्ता आइपीओमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता मात्र सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

कम्पनीले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ५६ करोड रुपैयाँको १५ प्रतिशत सेयर निष्कासन गरेको हो । रैराङले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

२०७५ जेठ ४ गते प्रकाशित

वि.सं.२०७५ जेठ ४ शुक्रवार ११:३३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...