back
NMB ad

गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्छ : प्रम ओली

Kumari bank ad

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताउनुभएको छ । गणतन्त्र दिवश मुल समारोह समितीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आज गृहमन्त्रालयमाआयोजित बैठकलाई सम्बोधन गर्नुहुदै यस्तो निर्देशन दिनुभएको हो ।

गणतन्त्रलाई सरकारी दिवश जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “गणतन्त्र सरकारी दिवश होइन जन दिवश हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो दिवश गाउँपालिकासम्म नै मनाउनु व्यवस्था गर्नुपर्दछ ।” लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो बर्ष गणतन्त्र दिवशको सार्वजनिक विदा कटौती गरिएको बताउनुभयो । “विदा बसेर मात्र गणतन्त्र मनाइने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “कार्यलय समय बाहिरको समयमा दिवश मनाऊँ । कार्यलय समयमा काम गरौं ।”

गणतन्त्र दिवशका दिन ब्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देश्न दिनु भएको छ । “गणतन्त्रका बिषयमा कोही कसैलाई कुनै भ्रम हुनसक्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ । ”टुंडिखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवशको शैली पनि परिमाजर्न गर्नु पर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।

२०७५ जेठ ४ गते प्रकाशित

वि.सं.२०७५ जेठ ४ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...