जनता बैंकको एकैसाथ ५ नयाँ शाखाबाट कारोवार सुरु

काठमाडौं । शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमिटेडको एकै साथ थप ५ शाखाबाट कारोवार सुरु गरिएको छ । कारोवार सुभारम्भ भएका नयाँ शाखाहरुमा गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा, नौकुण्ड शाखा,नौ कुण्डगा.पा. २, रसुवा दोरम्बा शाखा, दोरम्बा गा.पा. ३, रामेछाप, तातोपानी शाखा,तातोपानी गा.पा. ३, जुम्ला, कालिकास्थान शाखा, कालिका गा.पा. २, रसुवा रहेका छन् ।

यस मध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नती गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यी शाखाहरु मार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

२०७५ जेठ ९ गते प्रकाशित

२०७५ जेष्ठ ९ गते १६:०४ मा प्रकाशित

You can share this post!

चाईनीज कम्पनीको लगानीमा याम्बालिङ् बिद्युत आयोजना निर्माण हुने

कलङ्किको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने

Related posts