back
NMB ad

एसियन लाइफको ९८ हजार कित्ता सेयर लिलामी खुल्यो, कहिले सम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले आज जेठ १० गते देखि सर्वसाधारण समूहको ९८ हजार २४६.२० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक रुपमा बोलपत्रमा सहभागी हुनुपर्ने छ ।  लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ १७ गते तोकिएको छ । एसियनले ५० प्रतिशत हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

एसियन लाइफले जेठ १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा ४ प्रतिशत बोनस सेयर र यसपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३ करोड २२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७५ जेठ १० गते प्रकाशित

वि.सं.२०७५ जेठ १० बिहीवार १०:२२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...