back
NMB ad

अमेरिकन कम्पनी जेब्राको सहयोगमा नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

Kumari bank ad

रमेश लम्साल, काठमाडौँ । तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ ।

नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले सवारी साधानको अनुमतिपत्र लिने प्रक्रियालाई सहज बनाउने प्रविधि नेपालमा भित्र्याएको छ ।

सूचना प्रविधिलाई अधिकतम प्रयोग गरेर स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रेणी सेवा पु¥याउने लक्ष्य राखिएको छ ।

स्मार्ट सवारी साधन अनुमतिपत्रको प्रतीक्षामा रहेका ११ लाख सवारी धनीलाई तीन महिनाभित्रै नेपालमा नै उपलब्ध गराउन सकिने मालिका इन्कर्पोरेट कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिनुभयो ।

अध्यक्ष जोशीले नेपालको हरेक क्षेत्रलाई कागजरहित बनाउने लक्ष्यका साथ आफूहरुले अमेरिकन प्रविधि नेपालमा भित्र्याएको जानकारी दिनुभयो । यस्तै लालपूर्जा, सवारी साधन दर्ता पुस्तिकालाई समेत स्मार्ट बनाउन सकिने उहाँको भनाइ छ । स्वास्थ्य सेवालाई समेत सहज, सरल बनाउनका लागि स्मार्ट प्रविधिको प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

माइक्रोप्रोसेसर चिप्स जडित त्यस्ता स्मार्ट कार्डमा व्यक्तिगत विवरण राख्न सकिनेछ । व्यक्तिगत विवरण, औँलाको छापलाई लामो समयसम्म राख्न सकिनेछ । सवारी साधन अनुमतिपत्रलाई उपयोगी र गुणस्तरीय बनाउन यसलाई दुवैतर्फबाट ‘लेमिनेड’ प्रविधिको सुविधा दिइने र त्यसबाट अनुमतिपत्र च्यातिने, खुइलिनबाट जोगाउन सकिने अध्यक्ष जोशीको भनाइ छ ।

यस्तो प्रविधिले ट्राफिक प्रहरीले सहजै अनुमतिपत्रको अध्ययन गर्ने, जरिवानाका लागि बलि काट्ने प्रविधि पनि उपयोगमा ल्याउन सकिनेछ । यस्तै निर्वाचन आयोगले वितरण गर्ने मतदाता परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिनेछ भने राष्ट्रिय परिचयपत्रसमेत नेपालभित्रै छाप्न सकिने मालिका इन्कर्पोरेटले जनाएको छ ।

यस्तै विद्यार्थी परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिने सो कम्पनीले जनाएको छ । विद्यार्थी विद्यालय गए वा गएनन्, कति समय विद्यालयमा बसेजस्ता सामान्य सूचनासमेत मोबाइल एप्लिकेशनमार्फत अभिभावकलाई जानकारी दिन सकिनेछ । आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले प्रविधिको सही प्रयोग गरेर मानव जीवनलाई थप सहज र सरल बनाउन सकिने बताउनुभयो ।

वर्तमान सरकारले डिजिटल नेपाल बनाउने अभियान शुरु गरेको भन्दै उहाँले यस्ता प्रविधिले त्यसमा साथ दिने र नेपालको विकासमा महत्वपूर्ण आधार खडा गर्ने बताउनुभयो । नेता शर्माले एक्काइसौँ शताब्दी प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्ने र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सकिनेमा जोड दिनुभयो ।

हरेक क्षेत्रमा लाइन नै बस्नुपर्ने प्रवृत्तिको अन्त्यका लागि पनि हामीले पछिल्ला प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । कार्यक्रममा जेब्रा कम्पनीका नेपाल प्रतिनिधि अतुल मिश्रले प्रविधिको प्रयोग गरेर कसरी सहज जीवनशैली अपनाउन सकिन्छ भन्नेबारेमा कार्यपत्र पेश गर्नुभएको थियो । रासस

२०७५ जेठ ११ गते प्रकाशित

वि.सं.२०७५ जेठ ११ शुक्रवार १६:२७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...