back
NMB ad

लघुवित्तको २८ हजार कित्ता सेयर लिलामी खुल्यो, कहाँवाट पाईन्छ भर्न ?

Kumari bank ad

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आज आइतबार वाट २८ हजार ८२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । सर्वसाधारण समूहको १९ हजार ६८२ कित्ता र संस्थापक तर्फको ८ हजार ४०० कित्ता सेयर लिलामीमा ल्याइएको हो । यसमा न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, जमल काठमाडौं तथा सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङजा पुतलीबजार नगरपालिकाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसमा जेठ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौंडा, विराटनगर, सुर्खेत, धनगढी, पोखरा सभागृह चोक, बुटवलको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकबाट पनि लिलामी भर्न सकिनेछ । सूर्योदयले ७० प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्योदयले १ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७५ जेठ १३ गते प्रकाशित

वि.सं.२०७५ जेठ १३ आइतवार १०:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...