धनगढी । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको छ । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ ।
कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०७५ जेठ १३ गते प्रकाशित
वि.सं.२०७५ जेठ १३ आइतवार १०:४१ मा प्रकाशित