back
NMB ad

तेलमा ठगी गर्ने दुई पेट्रोल पम्पमा सिलबन्दी

Kumari bank ad

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ ।

नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो ।

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिए। उनका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो ।

दुई पम्पमा सिल गरिएको छ भने अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन गरिएको छ । मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जनाएको छ ।

२०७५ जेठ १४ गते प्रकाशित

वि.सं.२०७५ जेठ १४ सोमवार १२:४० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...