back
NMB ad

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन श्रममन्त्री जेनेभा प्रस्थान

Kumari bank ad

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलनमा मन्त्री विष्टले यही जेठ २१ गते सबै देश सहभागी हुने पूर्णसत्रलाई सम्बोधन गर्नुहुनेछ । सम्मेलनका क्रममा आयोजना हुने असंलग्न राष्ट्र र एशिया प्रशान्त समूहका मुलुकका छुट्टाछुट्टै मन्त्रिस्तरीय बैठकलाई जेठ २२ गते सम्बोधन गर्नुहुनेछ । सोही दिन उहाँले कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रको अध्यक्षको हैसियतले कोलम्बो प्रोशेस मुलुकका मन्त्री एवं अन्य सहभागीसँग अन्तक्र्रियासहितको दिवाभोज आयोजना गर्ने यसअघि नै त्यहाँ पुगिसक्नुभएका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपालले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा असल श्रम सम्बन्ध स्थापित गरी श्रमिक, हित र कल्याणको प्रत्याभूति गरी श्रमिकको उत्पादकत्व बढाउने विषयमा जोड दिने घिमिरेले बताउनुभयो । आन्तरिक रोजगारीका अवसर अभिवृद्र्धि, सम्बद्ध सरोकार भएकाहरुबीच समन्वयात्मक सहकार्य अभिवृद्धि र स्थानान्तरणका लागि विश्वव्यापी सम्झौतासम्बन्धी प्रक्रियालाई उचित निष्कर्षमा पु¥याई दिगो विकास लक्ष्य हासिल गर्ने विषयलाई नेपालले प्राथमिकतासाथ जोड दिनेछ ।

सम्मेलनका क्रममा नेपालका प्रमुख श्रम गन्तव्य मुलुकका मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक एवं उच्चस्तरीय पदाधिकारीसँग मन्त्री वा सचिवका स्तरमा छुट्टाछुट्टै भेटघाट तथा छलफल हुने कार्यक्रम छ ।

२०७५ जेठ १९ गते प्रकाशित

वि.सं.२०७५ जेठ १९ शनिवार ०९:४० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...