back
NMB ad

सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न प्रधानमन्त्री ओलीको सुझाव

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार साँझ सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सगरमाथा चढेको मनोबलले अन्य साहसी कामगर्नु राम्रो हुन्छ ।” प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “हिमाल आरोहणलाई मजाकको बिषय बनाउनु हुदैन । स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुदैन । स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुन आरोहणको प्रयास गर्नुपर्दछ । सफलता पाइन्छ । ”

आफूलाई पनि सगरमाथा आरोहणको रहर भए पनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ बर्षसम्म जेल बस्नु परेकोले त्यो अवशर नपाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो “भूमिगत जीवन,जेल जीवनले पाइन । जब जेलबाट छुटे पछि कमजोर स्वास्थ्यले दिएन ।”

सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला श्रीमती राधिका शाक्यले कार्यक्रम आयोजना गर्नुभएको थियो । सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य,रोसा बस्नेत,देउराली चाम्लिङ,कल्पना महर्जन,प्रियालक्ष्मी कार्की हुनुहुन्छ । कार्की स्वास्थ्यको कारणले ७ हजार मिटरबाट फर्कनु भएको थियो ।

आरोहीहरुलाई प्रधानमन्त्री ओली, प्रथममहिला राधिका शाक्यले सम्मान गर्नुभएको थियो । यसैगरी उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिब बिष्णु पौडेलले सम्मान गर्नुभएको थियो ।

२०७५ जेठ १९ गते प्रकाशित

वि.सं.२०७५ जेठ १९ शनिवार १२:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...