back
NMB ad

राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री ओलीको प्रश्न : कृषिलाई आधुनिकिकरण गर्न के के आवश्यक छ ?

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यांक सहित वृहत योजना बनाउन निर्देशन दिनु भएको छ । देशको आवश्यकतालाई बुझेर तथ्य सहित विस्तृत कार्ययोजना बनाएर पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
आज राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले साविक जस्ता झिनामसिना होइन राष्ट्रिय महत्वका बहुसंख्यक जनता लाभान्वित हुने योजना बनाउन, त्यसलाई कार्यन्वयन गर्ने कार्य योजना र सम्पन्न हुने समय समयसिमा पनि तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।

“कृषिलाई आधुनिकिकरण गर्न के के आवश्यक छ ? के कति लगानी आवश्यक छ ? कृषिमा आश्रित कति जनसंख्या छ ? उत्पादन उत्पादकत्व वृद्धि गर्न के गर्नुपर्दछ ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सबै कुरा तथ्य सहित पेश गर्नुहोस ।”

प्रधानमन्त्री ओलीले विगतको सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्ने बताउनुभएको छ । “कति वटा उद्योग छन् ? के कति उद्योग बन्द छन् ? कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ ? यी सब योजना बनाएर कार्यन्वयन थाल्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले देशलाई विकासकोे नयाँ गतिमा लैजान खोजेको बताउनुभएको छ । “अब सबै कामलाई विगतको निरन्तरता होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “हरेक कामलाई नयाँ ढंगले वृहत सोचाइका साथ अघि बढाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले सानातिना योजना मन्त्रालय तहबाटै टुंग्याउन र ठुला योजनाहरु राष्ट्रिय योजना आयोग र राष्ट्रिय विकास समस्या समाधान समितिमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । “दुई चपरी माटो कोदालोले नै फाल्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “डोजरै चलाउनु परे यहाँ ल्याउनुहोस ।”

प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने तर्फ सबैले ध्यान दिनु पर्ने बताउनुभएको छ । वृक्षारोपण गर्दा फलफूलका विरुवा रोप्न आग्रह गर्नुभएको छ । फलफूलका विरुवा रोप्दा रुख पनि पनि भयो फल पनि भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “फलफूल लगाएमा फल जति किसानको रुख जति सरकारको हुन्छ । त्यसो हुंदा दुवै पक्षलाई फाइदा हुन्छ ।”

प्रधानमन्त्री ओलीले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने वस्तुको आयातलाई तत्काल रोकिने बताउनुभएको छ । सिमामा रहेका क्वारेन्टाइन कार्यलयहरुलाई चुस्त बनाएर विदेशबाट आयात हुने वश्तुको राम्ररी परीक्षण गरेर खान योग्य भए मात्र स्वदेश भित्र्याउने अनुमति दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले लक्ष्य राखेको समृद्ध र विकास हासिल गर्नका लागि ‘मोडालिटी, भिजन र एट्टिट्यूड’मा परिवर्तन गर्नै पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

सरकारको नीति तथा कार्यक्रमले देश विकासको लक्ष्य निर्दिष्ट गरेकोले त्यसलाई कार्यन्वयन गरेर विकास र समृद्धि हासिल गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगलाई पनि वृहत्तर योजना बनाएर समितिको बैठकमा पेश गर्न आग्रह गर्नुभएको छ । “अब चल्ते चलाते होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “साँच्चै देश विकास गर्नुछ । त्यसले गर्दा सबैले फरक ढंगले सोचौं । फरक ढंगले काम गरौं ।”

बैठकमा राष्ट्रिय योजना आयोगका उपाधक्ष्य प्रा.डा.पुष्पराज कडेलले आर्थिक बर्ष २०७४/०७५ को दोस्रो चौमसिक बजेट खर्च र आयोजनाहरुको प्रगति विवरण पेश गर्नुभएको थियो । बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयसंग सम्बन्धित विभिन्न योजनाहरु र तिनको सञ्चालनमा आएका कठिनाइको बिषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

२०७५ जेठ २१ गते प्रकाशित

वि.सं.२०७५ जेठ २१ सोमवार २२:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...