back
NMB ad

बैंकर्स संघको भद्र सहमती खारेज, एनआइसीले फेरी गर्यो उच्चतम ब्याज दिने निर्णय

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा व्याजदरका सम्बन्धमा यसअघि भएको सम्झौता खारेज गरेको छ । संघको सो निर्णय लगत्तैएनआइसी एशिया बैंकले मुुद्धती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले १२ प्रतिशत ब्याज दिने गरी धनबर्षा मुद्धती खाता पुन सञ्चालनमा ल्याएको हो।

यसअघि यही योजना सार्वजनिक गर्दा बैकर्स संघले नाकाबन्दी नै लगाउने निर्णय गरेको थियो । संघको निर्णयसंगै भएको भद्र सहमित पश्चात योजना बीचमै स्थगित गरेको थियो । आइतबार मात्रै बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुले यसअघि गरेको भद्र सहमति खारेज गर्ने निर्णय गरेका थिए ।

बैंकले यस योजनामा मासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ । यसअघि बैंकले मुद्धतीमा ११ प्रतिशत ब्याज दर दिँदै आएको थियो।

धनबर्षा मुद्धतीइ खातामा ग्राहकको आकर्षण बढेका कारण उत्साहित भएर पुन खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। नयाँ खाता बैंकको जुनसुकै शाखा कार्यालयबाट खोल्न सकिने छ।

खातामा जम्मा भएको रकममध्ये ८० प्रतिशत ऋणका रुपमा प्रयोग गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ।

२०७५ जेठ २८ गते प्रकाशित

वि.सं.२०७५ जेठ २८ सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...