back
NMB ad

यसरी उघारियोे कुमारी गन्तव्य रानी झरनाको घुम्टो ! (भिडियो सहित)

Kumari bank ad

धादिङ । साहसिक खेल पर्यटनको कान्छो विधा हो (क्यानोनिङ) छाँगावरोहण । झरनाको उचाईबाट डोरीको सहायताले चिसो पानीको झोक्कासंग पौंठेजोरी खेल्दै चिप्लिँदै र घस्रिँदै तल झर्दै आनन्द लिने रमाइलो खेल पनि । पछिल्लो समय सहासिक पर्यटनमा विदेशी मात्र नभई स्वदेशी पनि उत्तिकै रमाउन थालेको पाइन्छ ।

यही सहासिक पर्यटन प्रेमीलाई पर्खिरहेको कुमारी गन्तव्य रानी झरनामा क्यानोनिङ (छाँगावरोहण) को संभाव्यता अध्ययन गर्दै नेपाल छाँगावरोहण महोत्सवको आयोजना गरी घुम्टो उघारिएको छ । काठमाडौंको नजिकै रहेर सरोकारवालालाई चिहाउँदै प्रतिक्षा गरिरहेको धादिङको थाक्रे गाउँपालिका वडा नं. ६ मा रहेको रानी झरनामा जेठ २५ र २६ गते नेपाल क्यानोनिङ एसोसियसनको आयोजना, थाक्रे गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विभिन्न संघ संस्थाको प्रायोजनमा महोत्सव सम्पन्न गरिएको हो ।

प्रमुख अतिथिको रुपमा महोत्सवको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले राजधानीको नजिक रहेको, पोखरा, चितवन, लुम्विनीजस्ता पर्यटकीय गन्तव्यमा जाने मुख्य द्वारमा रहेको रानी झरना लोकेशन बेनिफिटले पनि उपयुक्त रहेको बताउनु भयो । थापाले यसको विकास र प्रवद्र्धनमा स्थानीय सरकारको मुख्य दायित्व रहेको बताउँदै भविष्यमा ठुलो संभावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने बताउनु भयो ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले लुकेर रहेको थाक्रेको सुन्दर गहनालाई पर्यटकीय दृष्टिकोणले पहिचान गरी संसारमाझ फैलाउन क्यानोनिङ महोत्सव आयोजना गरी सहयोग पुर्याउने नेपाल क्यानोनिङ एसोसियसनलाई धन्यवाद दिँदै यसको भौतिक पुर्वाधार निर्माण र सुरक्षा लगायतमा गाउँपालिकाले जिम्मा लिने बताउउनु भयो ।

कार्यक्रममा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले संभावना बोकेको रानी झरनाले पर्यटन प्रवद्र्धन गरेर सरकारको लक्ष्य पुरा गर्न सघाउ पुर्याउने बताउनु भयो ।

महोत्सवमा गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेजबहादुर गुरुङले रानी झरना आफैंमा नामै काफी रहेको बताउँदै यसले ठुलो संभावना बोकेको बताउनुभयो ।

महोत्सवमा प्रमुख अतिथि तत्कालिन नेकपा एमाले पर्यटन प्रवद्र्धन विभागका प्रमुख समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, मिस टुरिजम एन्जी लामालगायत करिव एक सय ५० जना स्वदेशी तथा विदेशीले क्यानोनिङको मज्जा लिनुभएको थियो ।

एक साता अघि नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा क्यानोनिङ एसोसिएसनले संभाव्यता अध्ययन गरेको थियो । यहाँ जेठ १९ गतेदेखि एक सातासम्म स्थानीय ५ जना सहित २१ जनाले आधारभुत गाइड तालिम समेत लिएका थिए ।

तीन वटा सुन्दर झरना रहेको रानी झनामा क्यानोनिङको फरक फरक अनुभव लिन सकिन्छ । पहिलो २५ मिटर, दोस्रो ९ मिटर र तेस्रो १२ मिटरको झरना र सबैमा गहिरो पौडी पोखरी समेत रहेकाले यहाँ क्यानोनिङ गर्न आउनेले भरपुर मनोरञ्जन प्राप्त गर्न सक्ने नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामा बताउनुहुन्छ ।

काठमाडौंबाट ४० किलोमिटरको दुरीमा रहेको रानी झरना पृथ्वी राजमार्गको महादेवबेसी बजारबाट करिव चार किलोमिटर महादेवबेसी–रातमाटे सडकको यात्रा पश्चात रानी झरनामा पुग्न सकिन्छ ।

भिडियो हेर्नुहोस कार्यक्रममा कस्ले के भने :

सूर्य थापा – प्रमुख अतिथि,

भागिरथ पाण्डे – प्रमुख जिल्ला अधिकारी धादिङ

रामकुमार आचार्य – अध्यक्ष, थाक्रे गाउँपालिका

तेजबहादुर गुरुङ – अध्यक्ष, गणेश हिमाल पर्यटन विकास समिति

धादिङको रानी झरनामा व्यवसायीक क्यानोनिङको शुभारम्भ, जेठ २५ र २६ गते हुने राष्ट्रिय महोत्सवको तयारी तिब्र

२०७५ जेठ ३० गते प्रकाशित

वि.सं.२०७५ जेठ ३० बुधवार १३:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...