back
NMB ad

दैनिक दुई सयको टपअप चार जनालाई र एक जोडीलाई बैङ्ककसम्मको भ्रमण अवसर

Kumari bank ad

काठमाडौ । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकपउत्सव–२०१८ सार्वजनिक गरेका छन् ।
विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्ने आइएईले प्रस विज्ञप्ति मार्फत जानकारी दिएको छ । आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।
सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै १,००० (एक हजार) प्वाईन्ट सहित प्रतिष्पर्धामा भागलिन सक्ने बताइएको छ । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिने, सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्ने उल्लेख छ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने नियम बनाएको आइएमईले जनाएको छ ।
थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिन विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ “प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्तगर्नेछ । अधिक संख्याको पोइन्ट प्राप्तगर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एक जोडीलाई ४ रात ५ दिनलामो बैंङ्कक भ्रमणको अवसर प्राप्त गर्नुहुनेछ । भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिनुहुने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनुहुनेछ । यसरी छनोटमा पर्नुहुने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नुहुनेछ ।”
विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भागलिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिने बताइएको छ । सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिनाकुनै सूचना तत्काल रद्ध गरिने जनाएको छ । विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र आइएमई पेको विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुने आइएमईका जनसम्पर्क प्रमुख राजु पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंकप्राप्त गरेमा ‘लक्की ड्रमार्फत’ विजेता घोषित गरिने नियम बनाइएको छ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्क विवरण दुरुस्त पोष्ट गर्नुपर्ने, विजेता घोषित भएमा सोहि विवरणमा सम्पर्क गरिने, जानकारी प्राप्तभएको सात दिनभित्रमा आफ्नो परिचय पत्र सहित आइएमई र आइएमई पेमा सम्पर्क गर्नुपर्ने नियम छ ।
‘लक्की ड्र’ एवम् भाग्यशाली विजेताको नतिजा आइएमई र आइएमई पे फेसबुक पेजमार्फत् सार्वजनिक गरिने बताइएको छ । विजेता आफ्नो पुरस्कारको दाबी समयमै गर्न चुकेमा अर्को ‘लक्की ड्रमार्फत’ नयाँ विजेता घोषित गरिने पनि बताइएको छ । सम्पूर्ण पुरस्कारहरु सूचना जारी भएको पन्ध्र दिनभित्र लिनुपर्नेछ । पुरस्कार नगद अथवा अन्यकुनै रुपमा प्रदान नगर्ने स्पष्ट पारिएको छ ।

२०७५ असार ४ गते प्रकाशित

वि.सं.२०७५ असार ४ सोमवार २२:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...