back
NMB ad

चीन भ्रमणका उपलब्धीबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।
गत असार ५ देखि १० गतेसम्म भएको आफ्नो चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
चीन भ्रमणका क्रममा पनि देशलाई फाइदापुग्ने यस्ता थुप्रै सहमति र सम्झौता भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको, सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गर्न यो सरकार सक्षमहुने विश्वास चीनले व्यक्त गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
“नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वा तत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रस्तुतहुने काम गर्दैनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको हितलाई ध्यानमा राखेर मात्र हामी काम गछौं ।”
नेपाल र चीनबीच मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशकाबीचमा विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यन्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने आफ्नो भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसैगरी राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हाम्रो भ्रमणका अधिकांस उद्देश्य पुरा भएको हामीले महसुश गरेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
चीनमा रहंदा आफूले राष्ट्रपति सीजिनपिङ्ग, प्रधानमन्त्री लीखच्याङ्ग, राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष लीझान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । यसैगरी तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छि तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले चीनमा उर्जा सहयोग सम्बन्धी समझदारी पत्र, मितेरी पुल र रसुवा पुल पुननिर्माण सम्बन्धी सम्झौताहरु, मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धि प्रोटोकल, लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धी समझदारी पत्र, नुवाकोट दरबार पुननिर्माण, रसुवा, दोलखा र सिन्धुपाल्चोकमा विद्यालय पुननिर्माण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । यसैगरी पूर्व तराइ नदी नियन्त्रण आयोजना अन्तरगत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
आफू भारत भ्रमणबाट फर्केपछि यस भ्रमणका सकारात्मक असर क्रमश देखिने छन् भनेको स्मरण गरांउदै प्रधानमन्त्री ओलीले भन्नुभयो “विराटनगरको भारतीय सम्पर्क अफिस हट्नु, थप हवाइ रुट नेपालले पाउनु, डुबानको बिषयमा नेपाल भारतको संयुक्त टिमले अध्ययन गर्नु त्यस भ्रमणका सकारात्मक पक्ष थिए । जो केही समय पछि देखिए । अरु पनि यस्ता सकारात्मक पक्ष क्रमश देखिदै जानेछन् । चीन भ्रमणका पनि यस्ता सकारात्मक पक्ष अब क्रमश देखदिै जानेछन् ।”

२०७५ असार १२ गते प्रकाशित

वि.सं.२०७५ असार १२ मंगलवार २२:१४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...