back
NMB ad

नेपालमा इलेक्ट्रिक कार किन्ने उपयूक्त अवसर, यस्ता छन् फाइदा

Kumari bank ad

अनुप पौडेल 

प्रदेश नं. ३ को नीति तथा कार्यक्रमा “काठमाडौं उपत्यका भित्र संचालन हुने सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिनेछ । वि.सं. २०८५ बैशाख १ गतेदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइने” भनिहेको छ । अबको केही बर्ष पछि नै सरकारले विद्युतीय कारमा समेत करका दर अहिले ग्यासोलिन कारमा जति नै बनाउने पक्का छ।

नेपालमा पेट्रोलीयम पदार्थको प्रयोग हुने सवारी साधनका कारण १ खर्ब ३० अर्व मूल्य हाराहारीको पेट्रोलियम पदार्थ ल्याउनु परिरहेको छ । त्यसोमा इलेक्ट्रीक सवारी साधन ल्याउन सक्ने होभने इन्धन आयात घट्न गई हाम्रो ब्यापार घाटा कम हुन जान्छ ।

अहिलेसम्म सरकारले बिद्युतीय सवारी साधनमा लगाउँदै आएको अन्तःशुल्क अत्यन्त न्यून १० प्रतिशत मात्र रहेको छ । त्यसैले नेपालमा अहिले इलेक्ट्रीक कार किन्ने उपयूक्त अवसर हो । अन्यथा अबको केही बर्ष पछिनै सरकारले विद्युतीय कारमा समेत करका दर अहिले ग्यासोलिन कारमा जतिनै बनाउने पक्का छ ।

अहिले बिभिन्न देशका सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । उनिहरुले आफ्ना ठूला र सांस्कृतिक सहरहरुमा सयमसिमा तोकेर ग्यासोलिन कारहरुको विस्थापन गर्ने जनाइसकेका छन् । हाम्रा दुई छिमेकी भारत र चीनले निकै आक्रामक रुपमा बिद्युतीय कारको उत्पादनलाई बढवा दिन लागेको समयमा हामीले अन्य कारको प्रयोगका बिषयमा सोच्न सक्ने ठाँउ नै छैन ।

यस्ता छन् विद्युतीय कारको फाईदाहरु

१. वातावरणको क्षेत्रमा आइरहेको परिर्वतन र ग्लोवलवार्मिङ जस्ता संकटसँग लड्न यस्ता इलेक्ट्रीक कारहरु निकै फाइदाजनक हुनेछन् । किनकी यी सवारीसाधनहरु जेरोइमीसनका हुन्छन् ।
२. पेट्रोलियम पदार्थको प्रयोगबाट औषत १०–१५ रुपैयाँ प्रतिकिलोमिटर खर्च लाग्ने । तरइलेक्ट्रीक कारको प्रयोग गर्दा ३–५ रुपैयाँ प्रतिकिलोमिटर मात्र खर्च आउँछ ।

३. कारको मेन्टिनेन्समा आउने खर्चसमेत निकै कम हुन्छ । पेट्रोल वा डिजेलकारमा २ हजार पिस मुभिङ पार्टसको प्रयोग भएको हुन्छ भने इलेक्ट्रीक कारमा जम्मा २० वटा मात्रै मुभिङपाटर्सको प्रयोग भएको हुन्छ ।

४. तेल हाल्ने झन्झटबाट मुक्ति पाउनु नेपाल जस्तो देशमा निकै ठूलो उपलब्धिमान्न सकिन्छ । कहिले ट्ङकरको हड्ताल, कहीले पेट्रोल पम्पको हड्ताल त कहिले नाकाबन्दी वा अन्य कुनै कारण हरेक महिना इन्धन समस्याले हामीलाई पिरोलीरहेको हुन्छ । यस्तोमा इलेक्ट्रीक कार भए राती घरको प्लगमा जोडर बिहान निर्धक्क कार लिएर निस्कन पाइन्छ ।

५. इलेक्ट्रीक कारमा लुब्रिकेन्ट फेरिरहने झन्झट हुदैन । किनकी ग्यासोलिन इन्जीन जस्तो यसमा लुब्रिकेन्ट नै हाल्नु पर्दैन । जसले गर्दा महिना महिनामा सर्भिसीङ्गमा लानु पर्ने समय र पैसा दुवै जोगाउँछ ।

६. इलेक्ट्रीक कारहरु चलाउन पनि निकै सहज हुन्छन् । काठमाडौं लगायत देशका अन्य ठूला सहरहरुमा हुने ट्राफिक जाममा कार चलाउन निकै कठिन हुन्छ । तर इलेक्ट्रीक कारमा डाईरेक्ट ड्राइभ ट्रान्समिशनको प्रयोग हुने हुँदा चलाउन निकै आरामदायी हुन्छ ।

७. इलेक्ट्रीक कारमा टेलिम्याट्रिक्सको प्रयोग गरिएको हुन्छ जसको सहयोगले घर भित्र वा घरबाट टाडै बसेर पनि कारको चार्ज लगायत अन्य बिषयहरुमा जानकारी पाउन सकिन्छ ।

८. इलेक्ट्रीक कारको अर्को सबैभन्दा ठुलो फाइदा यसले साउन्ड पोलुसन गर्दैन । यदि तपाई इलेक्ट्रीक कार चलाउँदै हुनुहुन्छ भने कार चलिरहेको छ वा छैन भन्नेकुरा आवाजले पत्ता लगाउन सक्नु हुन्न ।

९. इलेक्ट्रीक कारको वार्षिक सडक कर तिर्नु पर्दैन । सरकारले यसलाई शतप्रतिसत छुट दिएको छ ।

 

२०७५ असार १६ गते प्रकाशित 

वि.सं.२०७५ असार १६ शनिवार १०:०० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...