back
NMB ad

ग्लोबल आइएमई बैंकद्वारा विद्यालयलाई ५ थान नयाँ कम्प्यूटर सहयोग

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका – ९, मंगलटार स्थित श्री मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले शनिबार एक कार्यक्रमकाबीच बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंक लि. कि सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिती रहेको थियो । उक्त समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंक श्री मंगल जन विजय माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरि सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्दै बैंक तथा वित्तिय संस्थाहरुलाई यस्ता सामाजिक उत्तरदायित्वका गतिबिधिमा सहभागी हुन आग्रह गर्नुभयो ।

सोहि समारोहमा बोल्दै ग्लोबल आइएमई बैंककी सहायक महाप्रबन्धक आरती राणाले भुकम्पबाट क्षति पुगेको श्री मंगल जन विजय माध्यमिक विद्यालयका बिद्यार्थीहरुको शैक्षिक बिकासमा टेवा पु¥याउनको लागि बैंकले ५ थान कम्प्युटर सहयोग गरेको जानकारी गराउदैँ भविष्यमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधँै प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रमका बोल्दै सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठले बैंक तथा वित्तिय सस्ंथाले बैंकिङ्ग गतिबिधिको साथमा समाजको विकासका लागि गरेको सहयोगको सरहाना गर्नुभयो ।

बि.स. २०७२ सालको भुकम्पबाट अति प्रभावित बनेको काभ्रे जिल्लाको श्री मंगल जन विजय माध्यमिक विद्यालयले भुकम्प अगाडी आफ्ना बिद्याथीहरुलाई कम्प्युटर सम्बन्धि शिक्षा प्रदान गर्दै आइरहेकोमा भुकम्पले गर्दा उक्त बिद्यालयका सम्पूर्ण कम्प्युटरहरु क्षति भएका कारण विद्यालयले कम्प्युटर शिक्षा प्रदान गर्नबाट बञ्चित भएको थियो ।
भुकम्प पश्चात आफ्ना बिद्याथीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न असमर्थ रहेकोमा ग्लोबल आइएमई बैंकको सहयोग पश्चात उक्त शिक्षा निरन्तरता दिन विद्यालय सफल भएकोमा बिद्यालयका प्रधानध्यापक बासु थापाले ग्लोबल आइएमई बैंक प्रति आभार व्यक्त गर्नुभयो ।

२०७५ असार १६ गते प्रकाशित

वि.सं.२०७५ असार १६ शनिवार १८:४६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...