back
NMB ad

नेपाल–चीन केरुङ सीमामा रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह

Kumari bank ad

रसुवा । विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार रसुवामा चार आना खरीद गरी बसाइँसराइ गरेर क्षणिक समयका लागि केरुङ जान बनाइएका सबै सीमा परिचयपत्रको आ।व। ०७५÷७६ मा नवीकरण रोकी वास्तविक रसुवावासीको मात्र परिचयपत्र नवीकरणको प्रक्रिया अगाडि बढाइदिन अध्यागमन कार्यालयलाई अनुरोध गरिएको हो ।

केही व्यक्तिको रसुवामा कुनै पनि घर नभएको, सीमा क्षेत्रका बासिन्दाले केरुङ जानका लागि बसाइँसराइ गरेर परिचयपत्र मात्र लिएर अवैध धन्दाको कारोबारमा संलग्न हुँदा जिल्लाको बदनामी भएकाले रसुवागढी नाकाको व्यवस्थापनका लागि वास्तबिक रसुवावासीको पहिचान गरेर मात्र नवीकरण गरिदिन आग्रह गरिएको समेत प्रमुख भट्टले बताउनुभयो ।

बसाइँसराइबाट विगतको समयमा केरुङ जाने परिचयपत्र लिनेको संख्या तीन सयभन्दा बढी जारी भइसकेको देखिएको र जिल्लावासीको हकमा स्पष्ट निर्देशनका लागि माथिल्लो निकायमा जाहेर भइसकेको बताउँदै रसुवागढीस्थित अध्यागमन कार्यालयका प्रमुख मनोजकुमार पोख्रेलले कुनै नीति नभएकाले विगतमा भइरहेका कार्यलाई आफूले निरन्तरता दिँदै आएको बताउनुभयो ।

रसुवागढी अन्तर्राष्ट्रिय नाका भएकाले सबै व्यवसायीको कारोबारमा सहज बनाउन एकदिने पासका लागि गृह मन्त्रालयमा अनुरोध गरिसकेको र यसको व्यवस्था भए सबै समस्या समाधान हुने पमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । अवैध कारोबार रोकी रसुवागढी नाका व्यवस्थित पार्न जाँचका लागि एक्स–रे मेसिन राख्ने तयारी भइरहेको र सम्भवतः दुई हप्ताभित्र मेशिन उपकरण मितेरी पुलमा जडान भइसक्ने समेत उहाँले जानकारी दिनुभयो । रासस

२०७५ असार ३१ गते प्रकाशित

वि.सं.२०७५ असार ३१ आइतवार १२:४० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...