back
NMB ad

सौराहामा आकर्षक प्रवेशद्वार निमार्णको काम तीव्र

Kumari bank ad

चितवन । पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति पुलमा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ ।

पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी तीन वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाएको थिएन । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार नेपाल पर्यटन बोड र स्थानीय संघ संस्थाको सहयोगमा प्रवेशद्वार निर्माण थालिएको हो ।

प्रवेशद्वार निर्माण समितिका संयोजक नारायण भट्टराईका अनुसार तीन वर्षअघि काम थालेको भए पनि बजेटको अभावमा सुस्तगतिमा काम भएको थियो ।
हालसम्म पर्यटन बोडले रु २० लाख र स्थानीय निकाय एवं संघ संस्थाले अरु सहयोग जुटाउँदै छन् । भट्टराईले आउँदो चार महिनाभित्रमा स्थानीय तहमा अपुग बजेट संकलन गरी काम सम्पन्न गरिने बताउनुभयो ।
काम सम्पन्न गर्दा रु ४५ लाखको हाराहारी खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रवेशद्वारको बाहिरी भागमा काठ टाँसेर त्यसमा जनाबरको आकृति कुँदेर आकर्षक बनाइने छ ।

प्रवेशद्वारको दुबै तर्फ गैँडाको मूर्ति राखिने छ । प्रवेशद्वार सम्पन्न हुँदा निकै आकर्षक र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति हुने भट्टराईले बताउनुभयो । प्रवेशद्वार छिरेसँगै पर्यटकीय क्षेत्र सौराहाका होटल शुरु हुने छन् ।

२०७५ असार ३१ गते प्रकाशित

वि.सं.२०७५ असार ३१ आइतवार १३:३० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...