back
NMB ad

म्याग्दीमा ट्रेकिङ ट्रेल निर्माण

Kumari bank ad

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल आँपरुख जोड्ने पदमार्ग निर्माण भएको छ ।

बेनी नगरपालिका र पर्यटन विभागको सहयोगमा स्थानीयवासीको अगुवाइमा पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले एक किलोमिटरभन्दा बढी लामो पदमार्ग निर्माण भएको हो ।

पर्यटन विभागको रु २८ लाख ५० हजार सहयोगमा ८०० मिटर पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताउनुभयो । यसै वर्ष बेनी नगरपालिकाको रु चार लाख सहयोगमा थप ११८ मिटर पदमार्ग निर्माण भएको छ ।

गत वर्ष नगरपालिकामार्फत ७५ मिटर पदमार्ग निर्माण भएको थियो । अर्थुङ्गे, पछै, जगन्नाथ, टोड्के मालिका धुरीदेखि बिम मराङ हँुदै धौलागिरि हिमालको आधार शिविरसम्म जोड्ने वैकल्पिक पदमार्गका रुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताउनुभयो ।

बेनीदेखि अर्थुङ्गे जोड्ने भिरालो पाखोमा अवस्थित उकालो बाटोमा पक्की सिँढी निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । यसअघि चिप्लो बाटोमा लडेर दुर्घटना हुने जोखिम थियो ।

बेनी नगरपालिकाले गौरवको आयोजनाको रुपमा आँपरुख, पुलाश्रम र पछैमा रामायण उद्यान निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

डिपिआरले पूर्णता पाएपछि रामायण उद्यानको काम शुरु गर्न आगामी आवमा रु ४२ लाख बजेटसमेत विनियोजन भएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

२०७५ असार ३२ गते प्रकाशित

वि.सं.२०७५ असार ३२ सोमवार ११:२९ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...