नेप्सेमा साँढे ६२ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ४ वटा कम्पनीको ६२ लाख ४९ हजार ५१३.२१ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा ५० लाख २५ हजार १८३.१८ कित्ता हकप्रद र १२ लाख २४ हजार ३३०.३ कित्ता बोनस रहेको छ । सूचीकृत हुनेमा सबैभन्दा धेरै नेपाल इन्सुरेन्सको ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद रहेको छ ।

नेपाल इन्सुरेन्सकै १ लाख ३६ हजार ६१४.८५ कित्ता बोनस सेयर पनि सूचीकरण भएको छ । यसैगरी रिलायन्स फाइनान्सको २० लाख ५ हजार २९७.०८ कित्ता हकप्रद सेयर र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १ हजार ६५७ कित्ता बोनस रहेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको पनि ८६ हजार ५८.१८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

२०७५ साउन २ गते प्रकाशित

२०७५ साउन २ गते ०८:४५ मा प्रकाशित

You can share this post!

चितवनमा मात्रै छब्बीस गैँडा मरे !

भिटोफको अध्यक्षमामा दीपक दाहालको उम्मेदवारी

Related posts