back
NMB ad

चीनतर्फको निर्यात सन्तोषजनक :राष्ट्रबैंक

Kumari bank ad

काठमाडौँ । चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ । जुन अन्यदेशको तुलनामा उल्लेखनीय हो ।

नेपाल राष्ट्र बैंक, अनुसान्धान विभागले आर्थिक वर्ष ०७४÷७५ को ११ महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ ९१ दशमलव शून्य छ प्रतिशत वस्तु निर्यात भएको उल्लेख छ ।

कूल वस्तु निर्यात १० दशमलव शून्य चार प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ आठ दशमलव सात प्रतिशत, चीनतर्फ ९१।६ प्रतिशत र अन्य मुलुकतर्फ आठ दशमलव एक प्रतिशतले निर्यात बढेको छ ।

अलँैची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ, भने जिआइ पाइप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुको निर्यात घटेको छ ।

सोही अवधिमा आयात भने २३ दशमल शून्य पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब सात अर्ब ३५ करोड पुगेको छ । वस्तु आयातमा भारतबाट २५ प्रतिशत, चीनबाट २५ दशमलव शून्य तीन प्रतिशत र अन्य मुलुकबाट १८ दशमलव एक प्रतिशतले बढेको छ ।

मुख्यगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, एमएस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात उच्चदरमा बढेको छ ।

त्यसैगरी कृषि आंैजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ इनगोट, लगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा २४ दशमलव ६ प्रतिशतले विस्तार भई रु १० खर्ब ३३ अर्ब चार करोड पुगेको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलब शून्य चार प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो । रासस

२०७५ साउन ६ गते प्रकाशित

वि.सं.२०७५ साउन ६ आइतवार १२:३५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...