back
NMB ad

भरतपुरबाट मात्रै बाइस अर्ब राजश्व संकलन

Kumari bank ad

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले आव २०७३/७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिनुभयो । अघिल्लो आवको तुलनामा १२८.१५ प्रतिशत प्रगति भएको छ । आव २०७४÷७५ मा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार राजश्व संकलन भएको थियो ।

कार्यालयले अन्तःशुल्कतर्फ रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो । स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति भएको छ ।

आय करतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरबहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, ब्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरेका कारण गत आव र अघिल्लो आवमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरिएको बताउनुभयो । कार्यालयले चितवन र दाउन्ने पूर्वको नवलपरासी क्षेत्र हेर्दै आएको छ ।

२०७५ साउन ७ गते प्रकाशित

वि.सं.२०७५ साउन ७ सोमवार १७:५३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...