back
NMB ad

प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

Kumari bank ad

वीरगञ्ज, । आर्थिक वर्ष २०७४÷७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ ।

सरकारले सिर्सियालाई आव २०७४÷७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजश्व उठाउन सकेको छ ।

आव २०७३÷७४ मा कार्यालयलाई रु २१ अर्ब चार करोड आठ लाख ८० हजार राजश्व उठाउने लक्ष्य दिएकामा रु २१ अर्ब ५८ करोड ८५ लाख राजश्व संकलन गरेको थियो । सुख्खा बन्दरगाह कार्यालयका भन्सार अधिकृत धनबहादुर बडुवालका अनुसार आव २०७४÷७५ मा सो कार्यालयले भन्सार महसुलतर्फ रु ११ अर्ब ६४ करोड ३० लाख ५३ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १४ अर्ब दुई करोड ६० लाख ३८ हजार तथा   अन्तःशुल्कतर्फ रु एक अर्ब ६६ करोड ६१ लाख राजश्व संकलन गरेको थियो । विसं २०६४ मा स्थापना भएको सिर्सिया सुख्खा बन्दरगाहलाई चालू आ .व .मा रु ३६ अर्ब २४ करोड ३२ लाख ६ हजार राजश्व उठाउने लक्ष्य दिइएको छ । रासस
                                                                                                                             २०७५ साउन १० गते प्रकाशित 

वि.सं.२०७५ साउन १० बिहीवार १५:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...