back
NMB ad

पहिरो व्यवस्थापन नहँुदा आवतजावतमा कठिन साथै खन्दै गरेको मोटरबाटो स्थगित 

Kumari bank ad

ज्ञानेन्द्र न्योपाने 

रसुवा, । एक दशक अगाडिदेखि खस्दै आएको पहिरो नियन्त्रण हुन नसक्दा दक्षिणी रसुवाको जिबजिबेवासी दैनिक चुनौतीको सामाना गर्दै धोबिखोला पार गर्छन् कति खेर कहाँ बाट पहिरो आइपुग्छ थाहा हुदैन ।

धैबुङकोटको घुम्ती स्थानको पासाङल्हामु राजमार्गबाट पूर्वतर्फ जिबजिबे जाने सहायक मार्गमा वर्षायाममा पहिरो खस्ने गरेकाले कालिकास्थानदेखि पूर्वीक्षेत्र जिबजिबे, ज्याङलाङ, चित्ती, बडहरे, खाल्चेत, बेताङलगायतका गाउँका बासिन्दा प्रभावित भएको स्थानीय समाजसेवी विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

विसं २०५९ देखि प्राङ्से गाउँबाट खसेको पहिरो रोक्न थुप्रै खर्च लाग्ने भएकाले कालिका गाउँपालिकाले पहिरो रोक्न ध्यान दिन नसक्दा वर्षाका बेला विद्यार्थीलाई स्कूल जान, बिरामी तथा सुत्केरीलाई अस्पताल पु¥याउन र मृतक व्यक्तिलाई वेत्रावतीको उत्तरगयाघाटमा दाहसंस्कारका लागि पु¥याउन कठिन भएको स्थानीयवासीको गुनासो थियो ।

प्राङसेदेखिको पहिरोले धोबिखोलाको पुच्छार फलाखु खोलासम्म असर पु¥याइरहेको र यसका लागि करिव रू पाँच करोड लाग्ने अनुमान गरिएकाले गाउँपालिकाले गरेको लगानी प्रर्याप्त नभएको समाजसेवी पौडेलले जानकारी दिनुभयो ।

वर्षायाममा पहिरो निरन्तर आइरहने र ढुंगा छल्दै दगुरेर भाग्नुपर्ने भएकाले कालिकास्थानदेखि पूर्वी भाग नौकुण्ड गापाको सरसिउँ, घोर्मु आरुखर्क समेतका बासिन्दालाई आवत जावतमा कठिन भएको र बिहान कालिकास्थान गएको मान्छे बेलुका घर फर्किन्छ कि, फर्किंदैन भन्ने डरसमेत बढ्दै गएको उहाँको भनइ थियो ।
यस्तै भारी वर्षाका कारण आएको पानीले नुवाकोटको लच्याङदेखि रसुवाको पाटीखर्क, सिम्ले भोर्ले, डाँडागाँउ, ठूलोगाउँ, समेतको ग्रामीण कृषि सडक बन्द भएको नागरिक समाजले जनाएको छ ।

वेत्रावती–धुञ्चे, स्याफ्रूखण्डको पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आवश्यक उपकरण र प्राविधिक तैनाथ भए पनि ग्रामीण क्षेत्रका कृषि सडक मर्मत नहुँदा सध्रै. सडक समस्या भोग्नु परेको त्यहाँका बासिन्दाको गुनासो थियो ।

भिरालो भू–भाग, भारी वर्षाका कारण कुन ठाउँमा पहिरो जान्छ भन्ने ठेगान नहुँदा स्यापु्रm–रसुवागढीखण्डको लिङलिङ क्षेत्र पनि जोखिम रहेको यहाँका सवारी चालकले बताए । भारी वर्षाका कारण नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिका केही भागमा जोखिम बढ्दै गएकोे हो ।

हाकु क्षेत्र पुग्ने मोटर बाटोको निर्माण रोकियो

सदरमुकामको नजिकै रहे पनि भौगोलिक अवस्थितिका कारण विकट रहेको हाकु क्षेत्रमा निर्माण गर्र्न लागिएको मोटर बाटोे वर्षाका कारण स्थगित भएको छ ।

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार रसुवाकै इतिहासमा स्थानीय सरकारको तर्फबाट हाकुबेँसीदेखि ठूलोहाकुसम्म डोजरको सहायताले करीब १० किलोमिटर सडक निर्माणको काम अगाडि बढाइएको र भारी वर्षाका कारण हुनसक्ने भू–क्षय न्यूनीकरण गर्न निर्माण कार्य स्थगन गरिएको हो ।

हाकुबँेसीको त्रिशूली नदीमा पक्की पुल निर्माणका लागि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनासँग परामर्श भई रहेको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा ठूलोहाकुसम्म मोटरबाटो पु¥याइसक्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिका अध्यक्ष तामाङले ट्र्याक खोल्न रु ९५ लाख विनियोजन गरिसकेको र ट्र्याक खोल्ने काम ५० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो ।

हाकुका बासिन्दा बिरामी पर्दा अहिलेसम्म डोकोमा बोकेर धुन्चेको जिल्ला अस्पताल पु¥याउने गरिएकामा अब एम्बुलेन्स चल्ने भएकाले खुशी लागेको छ भन्दै स्थानीय निमधर्के तामाङले मोटर बाटोले खाद्य सामग्री ल्याउन, खेतबारीका कृषि उपज ताजाताजै व्यापारिक केन्द्रमा पुु¥याउन र निमार्णका सामग्री ढुवानीमा सहज हुने आशा पलाएको बताउनुभयो ।
                                                                                                             २०७५ साउन १३ मा प्रकाशित

वि.सं.२०७५ साउन १३ आइतवार १६:४२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...