back
NMB ad

नगरपालिकाको बिनियोजित बजेट रु ७४ करोड ।

Kumari bank ad

राजविराज, । राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९ हजार ४४२ बजेट नगरसभाले स्वीकृत गरेको नगरप्रमख प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।

गत आवको कूल बजेट रू ६१ करोड ७२ लाख ११ हजार ६९ मध्ये चालूतर्फ रू २१ करोड ४१ लाख ५५ हजार र पूँजीगततर्फ रू १४ करोड ८० लाख ६६ हजार ३८५ खर्च भएको थियो ।

सामाजिक सुरक्षातर्फ रू सात करोड ४३ लाख ८८ हजार, उपदानतर्फ रू एक करोड ३९ लाख ९० हजार ९९६ खर्च भएको थियो भने खर्च हुन नसकेको रू १३ करोड ८४ लाख २५ हजार ८९६ चालू आवमा खर्च गर्ने गरी सारिएको नगर नगरप्रमुख यादवले जानकारी दिनुभयो ।

उहाँले चालू आवमा नागरिकता सिफारिस दस्तुर पूरै मिनाहा गरिएको र सवारीसाधन कर छुट गरिएको पनि बताउनुभयो ।

जसअनुसार टाँगा, रिक्सा, अटोरिक्सा तथा इ–रिक्साबाहेक अन्य सवारीसाधनमा पूर्णरुपले कर छुट भएको छ भने मदिरा व्यवसाय, स–मिल, इँटा उद्योग, सुर्तीजन्य उद्योग व्यवसायमा करको साविक दरमा ५० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी अन्य व्यवसायको साविक दरमा २५ प्रतिशत, बिटौरी दस्तुरमा ५० प्रतिशत, कवाडी व्यवसायमा वार्षिक रु दुई हजार ५००, बहाल कर १० प्रतिशतले वृद्धि गरेको नगरपालिकाले जनाएको छ ।
                                                                                                                     २०७५ साउन १४ गते प्रकाशित

वि.सं.२०७५ साउन १५ मंगलवार १३:१४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...