back
NMB ad

जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो, त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नु पर्छ : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताउनुभएको छ ।
महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताउनुभएको छ । “के कारणले बेरुजु भएको हो ?”प्रधानमन्त्री ओलीले भन्नुभयो “जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताउनुभएको छ । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अबयही बिराम लगाउनु पर्दछ ।”

बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४/०७५मा ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मन्त्रालयका सचिबहरुको उपस्थितीथियो ।

२०७५ साउन १५ गते प्रकाशित

वि.सं.२०७५ साउन १५ मंगलवार २०:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...