back
NMB ad

पर्यटक आकर्षित गर्दै गाभर भ्याली

Kumari bank ad

– काशीराम शर्मा

बाँके, नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग ।

उहाँ भन्नुहुन्छ, “यहाँको मनोरम दृश्य, थारु संस्कृति, थारु परिकार साह्रै राम्रो लाग्छ । नेपालगञ्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ । प्राकृतिक सौन्दर्यता मनमोहक छ ।” आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने अधिकारी ग्रामीण पर्यटनको प्रवद्र्धनका लागि सबैको साथ चाहिने बताउँछन् । उनी भन्छन्, “म प्रकृतिलाई माया गर्छु ।”

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

“मानसिकरूपमा बोझ बढेका बेला यहाँ आउँदा आनन्द हुन्छ,” नेपालगञ्ज–५ का दीपक शाही भन्नुहुन्छ, “हामी निम्नवर्गका लागि गाभर भ्याली उपयुक्त गन्तव्य हो । म यहाँ धेरै पटक साथीसँग आएको छु ।” उहाँ पनि थारु संस्कृति र परिकारबाट निकै प्रभावित हुनुहुन्छ ।

थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबास (होमस्टेमा) दैनिक करीब कम्तिमा १५० पर्यटक पुग्ने गरेका छन् । नेपालगञ्जभन्दा चिसो मौसम र थारु परिकारमा रम्न पाएपछि आन्तरिक पर्यटक त्यहाँ पुगेर रमाउने गर्दछन् ।

चारैतिर घना जंगलले घेरिएको गाभर भ्याली अध्ययन अनुसन्धानका लागि समेत उपयुक्त भएको बताउनुहुन्छ, नेपालगञ्जका व्यवसायी गोकर्ण न्यौपाने । उहाँ भन्नुहुन्छ, “थारु र मुगेली समुदायको बस्ती रहेको गाभरमा दुईखाले संस्कृति छ । गाभर भ्यालीलाई थारु र मुगेली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिन्छ ।”

न्यौपानेले वन विज्ञान तथा संस्कृतिसम्बन्धी अध्ययनरत विद्यार्थीको अध्ययनका लागि निकै लाभदायक र उपयुक्त ठाउँका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । पर्यटकको संख्या बढ्न थालेपछि होमस्टे सञ्चालकसमेत होमस्टेको स्तरवृद्धि गर्न तल्लिन छन् ।
वातावरण संरक्षणकर्मी अध्यक्ष हेमन्तराज काफ्लेले भन्नुभयो, “गाभर क्षेत्र प्रकृतिकै बरदान रहेछ । समुदायले थोरै मात्र व्यवस्थापन गर्न सके मध्यपश्चिमकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।” होमस्टे सञ्चालनपछि गाभरका स्थानीयको जनजीवनमा समेत परिवर्तन आएको छ ।

विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीयको दैनिकी आजभोलि होमस्टे व्यवस्थापनमै बित्ने गरेको छ । गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीले पर्यटक आगमन वृद्धिसँगै होमस्टेको संख्या बढाउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पाहुनाको स्वागतका साथै थारु परिकार, सामुदायिक वनमा चरा अवलोकन, जंगल सफारीलगायतका पर्यटकीय गतिविधि गरिरहेका छौँ ।” चार वर्षअघि एउटा घरबाट शुरु गरेको होमस्टेको संख्या हाल आठ पुगेको छ भने ४० जनालाई एकैपटक बास बसाउन सकिने गरी कोठा व्यवस्थापन गरिएको छ ।

गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्वीट्जरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइनलगायतका विभिन्न मुलुकबाट हालसम्म दुई सय बाह्य पर्यटकले भ्रमण गरिसकेका छन् । अधिकांश बाह्य पर्यटक अध्ययन अनुसन्धानका लागि आउने गरेको गाभर भ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ । रासस
                                                                                                                          २०७५ सााउन २० गते प्रकाशित

वि.सं.२०७५ साउन २० आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...