back
NMB ad

पशुपतिको भूउपयोगसहित गुरुयोजना

Kumari bank ad

–पूर्णप्रसाद मिश्र
काठमाडौँ, । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको भूउपयोग नीतिसहितको गुरुयोजना निर्माण गर्न नक्शांकन शुरु गरेको छ ।

नापी विभागको सहकार्यमा सो क्षेत्रको नापी गरी भूउपयोगसहितको गुरुयोजना निर्माण शुरु भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । यसअघि मूल मन्दिर आसपासमात्र नापी गरी सीमाङ्कन भएको थियो । यसपटकको नापीमा समग्र पशुपति क्षेत्रको सीमाङ्कन गरिनेछ ।

विसं २०४३ मा पूर्वमा गौरीघाट, पश्चिममा रातोपुल, उत्तरमा गोपीकृष्ण र दक्षिणमा तिलगङ्गा गल्फ क्लबसम्मको क्षेत्रलाई पशुपति क्षेत्र भनी सरकारले सार्वजनिक सूचना प्रकाशित गरेको थियो । करीब पाँच हजार रोपनी क्षेत्रफलको पशुपति क्षेत्रमा कुन संरचना कहाँ छ भन्ने विस्तृत नक्शा निर्माण गरी गुरुयोजना बनाउन लागिएको कोष सञ्चालक परिषद्का सदस्य एवं नक्शांकन कार्यदलका संयोजक भगवतीप्रसाद देवले बताउनुभयो ।

“विस्तृत नक्शा तयार पार्न नापी विभागबाट २५ समूह पशुपति क्षेत्रमा खटिएको छ, डिजिटल प्रणालीको तयारी अन्तिम चरणमा पुगेको र भदौसम्ममा विस्तृत नक्शा तयार हुनेछ”– उहाँले भन्नुभयो ।

सो क्षेत्रमा हाल मन्दिर, सडक, जंगललगायत संरचना कहाँकहाँ छन् भन्ने विस्तृत अभिलेख नभएकाले गुरुयोजना निर्माण गर्न नक्सांकन शुरु गरिएको हो । डिजिटल नक्शा तयार भएपछि समग्र पशुपति क्षेत्रको नीति निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसपटकको गुरुयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारमा रहेको कोषको ५३५ रोपनी जग्गामा धर्मशाला, वृद्धाश्रम, ध्यान केन्द्र, शास्त्रीय संगीत विद्यालयलगायतका संरचना बनाउने लक्ष्य छ । पशुपति मूल मन्दिरसँगैको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको वृद्धाश्रमका लागि पनि गोठाटारमा १० रोपनी जग्गा दिइएको छ । वृद्धाश्रम गोठाटारमै सारिने छ ।

विगतमा पशुपतिको तीन गुरुयोजना बनिसकेका छन् । निर्माणाधीन गुरुयोजना चौँथो हो । पहिलेका गुरुयोजना अवधारणात्मक मात्र भएकाले चौँथो भूउपयोगसहितको बनाउन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिनुभयो ।

कोष स्थापना हुनुपूर्व बनेको पहिलो गुरुयोजनाले सामान्यरुपमा केही कामको थालनी भयो । विसं २०४४ मा कोषको स्थापनापछिको गुरुयोजनाका आधारमा २०५६ सम्म काम हुँदै आयो भने २०४६ पछि केही परिवर्तन गरी कार्यान्वयन गरियो ।

विसं २०५६ मा अवधारणात्मक गुरुयोजना बनी दुईवर्षपछि कार्यान्वयनमा आयो । तेस्रो गुरुयोजना कार्यान्वयनका क्रममा जग्गा प्राप्ति ऐनअनुसार सो क्षेत्रको महत्वलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न करीब दुई हजार रोपनी जग्गा अधिग्रहण गरियो ।

यो गुरुयोजना कार्यान्वनकै बेला विसं २०७० मा मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीको विशेष पहलमा पशुपति क्षेत्र राष्ट्रिय गौरवको आयोजनामा परिणत भयो । गौरवको आयोजना बने पनि काम हुन नसकेको भक्तजनको भनाइ छ । प्राविधिक जनशक्तिको अभावमा आयोजनाका लागि विनियोजित बजेट नै खर्च हुन नसकेको कोषका अधिकारी स्वीकार्छन् ।

विसं ०७१ पछि तिलगंगा क्षेत्रका घरजग्गालाई मुआब्जा वितरण गरियो । करीब ७० रोपनी क्षेत्रफलको बस्तीमा के संरचना बनाउने भन्ने योजना नबनेकाले हाल यो बस्ती हटाइएको छैन । गुरुयोजनापछि यहाँको बस्तीलाई गोठाटारमै स्थानान्तरण गरिने जनाइएको छ ।

पछिल्लोपटक पशुपति क्षेत्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले चौँथो चरणको गुरुयोजना निर्माण भइरहेको छ । असोजसम्म गुरुयोजना बनाइसक्ने लक्ष्य छ ।

गुरुयोजना बनाउन त्रिभुवन विश्वविद्यालय संस्कृति तथा पुरातत्व विभागका प्राध्यापक र विद्यार्थीसहितको विज्ञ समूहले काम गरिरहेको छ । यसपटक नमूना गुरुयोजना बन्ने विश्वास गरिएको छ । रासस

                                                                                                               २०७५ साउन २२ गते प्रकाशित

वि.सं.२०७५ साउन २२ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...