back
NMB ad

अझै पनि राप्तीपारिका विकट गाउँ बिकास निर्माणमा पछि पर्दै

Kumari bank ad

बाँके, । बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ ।

गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रीत छन् ।
नरैनापुरका सीमावर्ती गाउँमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ । त्यसो त उनीहरु रुपैयाँ पनि बढी भारतीय नै प्रयोग गर्छन् । सीमावर्ती गाउँका अधिकांश नागरिकको कारोवार भारतीय बजारमै निर्भर छ ।

नेपालतिर सडकको राम्रो पहुँच नहुँदा यहाँका नागरिकको सम्बन्ध छिमेकी देशको सीमा बजारतिर नै जोडिएको हो ।
नागरिकता, लालपूर्जा र मत हाल्ने समयमा मात्रै नेपाली क्षेत्रसँग सम्बन्ध राख्छन् । सम्पर्क भाषा हिन्दी बोल्ने यहाँका स्थानीय भारतीय मुद्रामै कारोवार गर्छन् । मुस्लिम र मधेशी समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका नागरिक प्रायः नागरिकता र राहदानी लिनका लागि मात्रै सदरमुकाम नेपालगञ्ज पुग्छन् ।
यहाँका अधिकांश नेपालीको रोजगारी भारतमा नै छ । खाद्यान्नलगायतका बस्तु किन्न भारत जानुपर्ने बाध्यता भएकाले नेपाली रुपैयाँ नचल्नुको अर्को कारण हो । सियो, सलाइदेखि खाद्यान्न र स्वास्थ्योपचार गर्न भारतीय बजार नै पुग्नुपर्ने बाध्यता छ । “नेपाली रुपैयाँ चल्दैन, भारु चल्छ, हामीलाई भारु नै चाहिन्छ” कालाफाँटाका स्थानीय सुकदेव यादवले भन्नुभयो ।

राप्तीपारिका गाउँलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने हुलाकी सडक अलपत्र भएकाले त्यसको पीडा उनीहरुले बोकीरहेका छन् । बाटोघाटो अभावमा पनि उनीहरुलाई भारतीय बजारमै निर्भर हुनुपर्छ । “सडक, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा नेपालको भन्दा उतैको छ” यादव भन्नुहुन्छ, “गाउँमा कोही बिरामी पर्दा हाम्रो सदरमुकामबाट एम्बुलेन्स आउनै सक्दैन, आए पनि खराब बाटोका कारण तीन÷चार घण्टा लागिहाल्छ । अनि हामीलाई भारतकै अस्पतालमा सस्तो र सहज हुन्छ ।”

लक्ष्मणपुरका स्थानीय झग्रु यादव भन्नुहुन्छ, “अहिले पनि नेपाली रुपैयाँ चलनचल्तीमा निकै कम छ । मालपोत, नापी, नागरिकतालगायतका काम परेमात्रै नेपाली पैसा बोकेर सदरमुकाम जानुपर्छ ।”
जिल्लाकै विकट मानिने उक्त क्षेत्र नेपाली भूमि भए पनि नेरु निकै कम चल्ने गरेको छ । नेपाली रुपैयाँ कम मूल्यमा मूल्याङ्कन गरी कारोवार गर्दा स्थानीयले कुनै अनौठो मान्दैनन् । पुर्खौंदेखि नेरुलाई कम मानेर कारोवार हुँदै आएको मटेहियाका चिन्कु यादवको भनाइ छ । नेपालमै नेपाली रुपैयाँ नचल्दा बाहिरबाट यहाँ पुग्ने जो कोही व्यक्ति आश्चर्यमा पर्छन् ।

विकट मानिने गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँयालगायतका सीमावर्ती गाउँमा पैसामात्रै होइन भाषा र सवारीसाधनसमेत भारतीय नै देखिन्छन् । भौगोलिक विकटताले नेपालसँगको सीधा सम्पर्कमा नरहेका राप्तीपारिका सीमावर्ती गाउँका नागरिकलाई भारतीय बजारमै जानु पर्ने बाध्यता रहँदै आएको छ ।

   २०७५ साउन २८ गते प्रकाशित ।

वि.सं.२०७५ साउन २८ सोमवार १२:३० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...