back
NMB ad

आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य हो–अर्थमन्त्री

Kumari bank ad

काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नु हो भन्ने कुरा बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गर्नुभयो ।

करको दर बढाएर होइन, आधार बढाएर मात्र लक्षित राजश्व उठाउन सकिन्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “संविधानको अनुसूचीमै कुन कर कसले उठाउने भन्ने स्पष्ट छ, अलमल हुनुपर्ने अवस्था होइन, कर तिर्न क्षमता भएकालाई कर लगाउने हो, नहुनेलाई बोझ दिने होइन ।

कृषिजन्य, ऊर्जाजन्य र निर्माणजन्य सामग्रीको उत्पादनबाट मात्र आयात प्रतिस्थापन गर्न सकिन्छ भन्दै उहाँले गलैँचा, पश्मिना र तयारी पोशाकजन्य वस्तुको निकासीलाई जोड दिइने बताउनुभयो ।

समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत र चीनको अर्थतन्त्रमा जोडिने गरी उत्पादन नबढाउने र ठूलो बजारमा निर्यात गर्ने वातावरण नभएसम्म ठूला लगानीकर्तालाई ल्याउन कठिन हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘वैदेशिक लगानीकर्तालाई धेरैभन्दा धेरै आकर्षणको सुविधा दिने काम गरौँ, विप्पा सम्झौता गर्न ढिलाइ नगरौँ, हाम्रो अर्थतन्त्र धेरै परमुखी भयो, कूल ग्रार्हस्थ्य उत्पादनको ४० प्रतिशत हुँदै आएको व्यापार घाटालाई जबर्जस्त हस्तक्षेप हुने आर्थिक कार्यक्रम ल्याउनुपर्छ ।’’

पूर्वअर्थमन्त्री एवं समितिका सदस्य सुरेन्द्र पाण्डले राष्ट्रिय गौरवका ठूला आयोजनामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘खर्च कसरी गर्ने भन्नेमा नीतिगत व्यवस्था गर्न आवश्यक छ । पानी, पर्यटन, जडीबुटी क्षेत्रलाई प्राथमिकता राखेर योजना बन्नुपर्छ । लगानी बोर्डलाई प्रभाकारी बनाउन आवश्यक छ ।’’

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जलस्रोत, पर्यटन र कृषिबाट कति विकास हुन सक्दछ त्यसको निक्र्यौल गरेर प्राथमिकीकरणको आधारमा मात्र बजेट विनियोजन गर्ने कार्यको थालनी गर्न आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो वा त्यो बहानामा सङ्घीयतालाई कमजोर बनाउने काम कसैबाट हुनुहुन्न, वाचा गरेअनुरुप जनतालाई सेवा प्रदान गर्नेमा कन्जुस्याइँ गर्न हुन्न, जनताले अनुभूत हुने गरी विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ । सरकारले विकास खर्च गर्ने क्षमता बढाउनु प¥यो । जनतामा कर आतङ्क छ ।’’

समितिका सदस्य महेश बस्नेतले परामर्शदाताको नाममा आयोजनाको कूल बजेटको २५ देखि ३७ प्रतिशत रकम दातृ निकाय स्वयंंले फिर्ता लैजाने प्रवृत्ति र नीतिगतरुपमा हुने भ्रष्टाचारलाई रोक्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । समितिका सदस्य घनश्याम भुसालले राजनीतिक स्थिरताका कारण लगानीको राम्रो वातावरण बनेकाले उत्पादनमुखी कार्यक्रममा बजेट विनियोजन हुनुपर्दछ भन्नुभयो ।

                                                                                                          २०७५ साउन २९ गते प्रकाशित

वि.सं.२०७५ साउन २९ मंगलवार १५:३६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...