back
NMB ad

“कतिपय ठाउँमा जनप्रतिनिधीले महंगा गाडी किनेको, डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन्” जनताले नरुचाउने काम नगर्नुहोस : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गर्नुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गर्नुभएको हो ।

स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमा गम्भिर हुन जनप्रतिनिधीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

“कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाधक्ष्यले महंगा गाडी किनेको, कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरु जनप्रतिनिधी हो । त्यस कारण जनताले नरुचाउने काम नगर्नुहोस । जनताले जे रुचाउछन् त्यस काममा केन्द्रीत हुनुहोस ।” कतिपय सुविधा कानुनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराउनु भएको छ । राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले गाउँपालिकाका जनप्रतिनिधीलाई देश निर्माणको ठुलो जिम्मेवारी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमीहुने भएकोले त्यहाँका जनप्रतिनिधीले धेरै चुनौतिमा काम गर्नु पर्ने बाध्यता रहेको बताउनुभएको छ । “जतिसुकै चुनौति भएपनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवाप्रवाह गर्ने हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण देश निर्माणका लागि जनताले तपाईंहरुलाई ठुलो जिम्मेवारी दिएका छन् ।”

सुगम ठाउँहरु नगरपालिका र महानगरपालिका हुने भएकोले त्यहाँका जनप्रतिनिधीलाई केही सहज हुुने तर गाउँपालिकाहरुमा यस्तो स्थिती नुहने प्रधानमन्त्री ओलीको भनाइ छ । “दुर्गम भएर नै गाउँपालिकाभयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “सुगम ठाउँ भएको भए नगरपालिका भइसकेका हुन्थे ।”

स्थानीय तहका जनप्रतिनिधीका कामबाट जनताले प्रदेश र संघीय सरकार प्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा बिशेष ख्यालगर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

२०७५ साउन ३१ गते प्रकाशित

वि.सं.२०७५ साउन ३१ बिहीवार १५:५६ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...