back
NMB ad

प्रदेश २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश हो : प्रधानमन्त्री ओली

Kumari bank ad

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको बताउनुभएको छ ।

जनकपुरमा आज २ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी दिनुभयो । जनताको आधारभूत आवाश्कता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनुपर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने उल्लेख गर्नुभयो । उहाँले तराईमा मल कारखाना खोल्ने पनि जानकारी दिनुभयो ।

विकासका लागि ठूला योजनाहरु बनाउनैपर्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘साँझ विहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन ।’’ नेपाल सरकारले लिएको ‘सुखी नेपालीः समृद्ध नेपाल’को नारालाई भारत र चीनले पनि साथ दिएकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गर्ने, २ नम्बर प्रदेशका ८ जिल्लामा ८ हजार घर निर्माण गर्नेलगायतका योजना सुनाउनुभयो ।

प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समूदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले कुनै पनि नेपाली नागरिकताविहीन हुन नसक्ने प्रष्ट पार्नुभयो ।

२०७५ भदौ २ गते प्रकाशित 

वि.सं.२०७५ भदौ २ शनिवार २२:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...