back
NMB ad

खोला पार गर्दैगर्दा बाढी

Kumari bank ad

बाँके ,। छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो ।

सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु–जाजरकोट सडक खण्डको उक्त खोलामा दैनिक आवतजावतमा समस्या हुने गरेको यातायात व्यवसायी नन्द पुनले दुखेसो गर्नुभयो ।

सो सडक खण्डमा आवतजावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय मानसिंह धामीले बताउनुभयो । खोला पार गर्दैगर्दा गाडीको इन्जिनमा पानी पसेर इन्जिन नै बन्द हुने गरेको छ । खोला बढेपछि यातायातका साधन गन्तव्यमा नपुग्दा सयौँ यात्रु बाटोमै अलपत्र पर्ने गरेका छन् ।

२०७५ साउन ८ गते प्रकाशित 

 

 

वि.सं.२०७५ भदौ ८ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...