back
NMB ad

चालकको लापर्वाहीबाट ९० प्रतिशत दुर्घटना

Kumari bank ad

काठमाडौँ, । काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार कूल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको छ । आर्थिक वर्ष २०७४\७५ मा भएको छ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ ।

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा ९ओभरटेक० २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै भएको र चालकले जथाभावी चलाउँदा धेरै दुर्घटना हुने गरेको जानकारी दिनुभयो । “बाटो साँघुरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ”,उहाँले भन्नुभयो ।

वाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्छन् । आव २०७४\७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४\७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ छन् ।
तारकेश्वरमा प्रहरी अभियान

स्थानीय तारकेश्वर नगरपालिकाका टोलटोलमा प्रहरी अभियानको शुभारम्भ गरिएको छ । नागरिक प्रहरी समन्वय समिति, महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजुको संयुक्त आयोजनामा शनिबारदेखि उक्त अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख मनोज नेउपानेले नागरिकको घरदैलो पुगेर सुरक्षा सचेतना दिने, सुरक्षामा समन्वय र सहकार्य अभिवृद्धि गर्ने, अपराध अनुसन्धान तथा रोकथामजस्ता प्रहरी सेवामा प्रभावकारिता ल्याउन कार्यक्रमले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले समाजमा शान्ति सुरक्षा कायम गर्न सामुदायिक संस्थालगायत नागरिक समाजको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नागरिक प्रहरी समन्वय समितिका संयोजक रामेश्वर देवकोटा, तारकेश्वरका उपप्रमुख भवानी डोटेल, तारकेश्वर–११का वडाध्यक्ष विन्दा बुढाथोकीलगायतले सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको सहकार्य सकारात्मक रहेकामा जोड दिनुभयो ।

२०७५ भदौ १० गते प्रकाशित

वि.सं.२०७५ भदौ १० आइतवार १४:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...