back
NMB ad

साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा सहयोग गरिने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Kumari bank ad

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ ।
आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उहाँले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगी सिद्ध हुनेछ ।”

उहाँले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरू पूर्णप्रतिबद्ध रहेको बताउँदै
संसारमा स्थापित लोकतन्त्रको मान्यता नेपालमा अनुसरण गरिएको स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।”

सो अवसरमा अमेरिकी उपसहायकमन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष दाहालको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि नमूना भएको बताउनुभयो । नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको उपसहायकमन्त्री वेल्सको धारणा थियो । उहाँले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताउनुभयो ।

उहाँले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरू सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । उपसहायकमन्त्री वेल्सले भन्नुभयो, “नेपाल प्राकृतिक रूपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावना रहेका छन् ।”

२०७५ भदौ १० गते प्रकाशित

वि.सं.२०७५ भदौ १० आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...