back
NMB ad

याद गर्नुस : लहलहैमा लागेर सेयर किन्दा डुबिन्छ

Kumari bank ad

काठमाडौं । सेयर बजारमा लहलहैमा लागेर सेयर किन्दा कति जनाको घर खेत नै गएको छ । कतिपय ऋणमा चुर्लुम्म डुब्ने गरेका छन् ।

पाल्पाका शेरबहादुर थापा एउटा त्यस्तै पात्र हुन, जसले सेयरबाट कमाउनुको साटो गुमाउन मात्र पुगे । उनले एकजना मित्रले भनेको आधारमा एक कम्पनीको सेयर प्रतिकित्ता ५८० रुपैयाका दरले खरिद गरे । थापाले उक्त सेयर महिना दिन भित्रैमा ८०० रुपैयाँ पुग्ने आश्वासन दिएपछि किन्न बाध्य भएका थिए । उक्त सेयरको मुल्य बढ्नुको साटो उल्टै घट्दै गएर १४८ रुपैयाँमा झर्न पुग्यो ।

अहिले उनलाई पश्चाताप मात्र लागेको छ । अरुको भनाइमा लागेर सेयर खरिद गर्दाको परिणाम उनले भोग्दै छन् । उनी अहिले म कति बुद्धिमानी रहेछु, आफैले आफैलाई लोप्पा ख्वाउन मन लाग्छ भन्छन् । उनीमात्र होइन झापाका मानबहादुर कुँवरको कथा व्याथा पनि थापाकै जस्तै छ । कुँवर पनि मनग्य आम्दानी हुने देखेर सेयर बजारमा प्रवेश गरे । एक हप्ताको बीचमा १५ लाख लगानी पनि सेयरमा गरे । तर, अहिले उनले खरिद गरेको सेयर बिक्री गर्दा ५ लाख पनि आउँदैन् । उनी पनि सेयरमा नराम्रो गरि फस्न पुगे भन्दै हिड्ने गरेका छन् ।
सेयर बजारमा खेल्न जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भने जस्ते हुने पुराना खेलाडीहरु बताउँछन् । दुई वर्ष अघि सेयर बजारमा प्रवेश गरेकाले मनग्य कमाए पनि । चुक्ता पुँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब रुपैयाँ पुर्याउँदा २८ वटा वाणिज्य बैंकहरुले बोनस र हकप्रद सेयर दिँदै गए । विकास बैंक र वित्त कम्पनीले पनि चुक्ता पुँजी बढाउँदा वाणिज्इ बैंककै बाटो अपनाए । त्यसबेला लगानीकर्ताले बोनस र हकप्रद सेयर पाउने आशाले पनि सेयर खरिद गर्दै गए । सेयरको मूल्य प्रतिदिन बढ्दै पनि गयो । पुँजी बजार मापक नेप्से पनि १८८१ अंकमा पुग्यो ।

उच्च अंक पुगेका बेला सेयर बिक्री गर्नेले प्रशस्त नाफा पनि कमाए । तर, अझै पनि बढ्छ भन्दै बस्नेहरुले गमाउन पुगे ।

अहिले पुँजी बजार मापक नेप्से १२ अंक भन्दा तल ओर्लिको छ । अझै पनि ओरालो लाग्ने क्रम रोखिएको छैन् ।

सेयर बजार ओरालो लाग्नुको प्रमुख कारण सेयर धितोमा राखेर लिने ऋणको ब्याज बढेकाले गर्दा हो भनिन्छ । उच्च ब्याजदरमा लिएको ऋण सेयर बजारमा लगानी गर्दा नाफा भन्दा नोक्सन बढी हुन्छ । त्यसैले पनि लगानीकर्ता सेयर किन्ने भन्दा बिक्री गर्ने तर्फ लागे । यसले गर्दा सेयर बजार ओरालो लाग्न पुगेको माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बताउँछन् ।

तर, कतिपयले अर्थमन्त्री डा.युवराज खतिवडालाई दोष दिने गर्छन् । उनी अर्थमन्त्री भएसँगै सेयर बजारलाई अनुत्पादक क्षेत्र भने त्यसैले घटेको हो पनि भन्ने गरिन्छ । तर, त्यो केवल आरोप लगाउने काम मात्रै भएको बिज्ञहरुको भनाइ छ ।

पुँजी बजार राहत पुर्याउने कार्यक्रम सरकारले नल्याएको हो । यसमा कसैको सन्देह छैन् । तर, अर्थमन्त्रीले भनेकै आधारमा सेयर बजार तल आएको हो भनेर भन्न सकिदैन् ।

२०७५ भदौ ११ गते प्रकाशित

वि.सं.२०७५ भदौ ११ सोमवार १२:४६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...