back
NMB ad

यस्तो छ बिमस्टेक सम्मेलन : नेपालको आर्थिक समृद्धिसित जोडिएका १४ एजेन्डा माथि छलफल

Kumari bank ad

काठमाडौं । बिहीबार र शुक्रबार हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मेलनमा मुख्यतय १४ एजेन्डामा छलफल हुने भएको छ । सम्मेलनमा छलफल हुने ती मध्ये अधिकांश एजेन्डाले नेपालको आर्थिक समृद्धिसित जोड दिएका छन् ।

सम्मेलनमा मुख्यतया व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायत तथा सञ्चार, पर्यटन, मत्यपालन, जनस्वास्थ, नागरिक नागरिक सम्पर्क, गरिवी निवारण, प्रतिआंतकबाद तथा संक्रमणीय अपराध र मौसम परिवर्तन लगायतका एजेन्डामा छलफल हुने भएको छ ।

प्रत्यक्ष लगानी भित्र्याउने र उत्पादन गर्न सक्ने सम्भावित वस्तु निर्यातका दृष्टिले यो शिखर सम्मेलन नेपालका लागि कोशेढुंगा सावित हुने बिज्ञको भनाइ छ ।

सम्मेलनको पूवसन्ध्यामा आज बिमस्टेकका सचिव स्तरीय बैठक बसेको छ । उक्त बैठकले पास गरेका एजेन्डालाई भोली बस्ने बिमस्टेक मन्त्रीस्तरिय बैठकमा छलफल लागि लगिने छ । त्यसपछि ती एजेन्डा बिहीबार र शुक्रबार बस्ने बिमस्टेक सदस्य राष्टका राष्टप्रमुख तथा सरकार प्रमुखको बैठकमा पेश गरिनेछ । सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिम हस्ताक्षर हुनेछ ।

सम्मेलनमा भाग लिन सात वटा मुलुकका कार्यकारी प्रमुख नेपाल आउने क्रम सुरु भएको छ । सम्मेलनमा भाग लिन आज नै म्यानमारका राष्टपति विन मिन्ट नेपाल आउँदै छन् । श्रीलंकाका राष्टपति मैत्रिपाल श्रीसेना, भुटानका काम चलाउ सरकार प्रमुख छरिड. वाड.चुक, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान भोली नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगालादेशका प्रधानमन्त्री शेख हसिना पर्सी नेपाल आउने भएका छन् ।

सम्मेलनमा भाग लिन आउने पाहुनालाई तीन घेराको सुरक्षा दिइने भएको छ । सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेनाले हवाई गस्ती गर्ने भएको छ । उनीहरुलाई पाँच तारे होटलमा राखिने भएको छ । स्थापनाको करिव दुई दशक पुगेको बिमस्टेकको सम्मेलन यो चौथो पटक हो । यस पटक आयोजक राष्ट नेपालमा हुन लागेको हो ।
ठाउँ ठाउँमा स्वागत गेट बनाएर सातवटा देशका झण्डा झकिझकाउ पारिएको छ । काठमाडौं अहिले बेहुलीजस्तै सिगारिएको छ ।

सरकारले सम्मेलन अवधिभर जोर बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । १३ र १५ गते बिजोर नम्बरका सवारी सञ्चालन गर्ने छन् भने १४ गते जोर नम्बरका सवारी साधान सञ्चालन हुने छन् ।

२०७५ भदौ १२ गते प्रकाशित

वि.सं.२०७५ भदौ १२ मंगलवार १०:११ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...