back
NMB ad

राष्ट्रियसभाको तीन समितिका सभापतिमा उम्मेदवारी

Kumari bank ad

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि आज उम्मेदवारीको मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारीको एक मात्र उम्मेदवारी परेको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) मात्र उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले राससलाई जानकारी दिनुभयो । सभापतिका तिनै उम्मेदवार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ । दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन् । उक्त समितिको नेतृत्व दलहरुबीचको आपसी समझदारीका आधारमा लगत्तै चयन गरिने बताइएको छ ।

संसद् सचिवालयले निर्धारण गरेको सूचनाअनुसार आज बिहान ११ देखि साँझ ४ बजेसम्म उक्त उम्मेदवारी मनोनयन दर्ता भएको हो । बुधबार बिहान ११ बजे बस्ने तीनै समितिका बैठकबाट सम्बन्धित सभापतिको चयन हुनेछ । राष्ट्रियसभा नियमावलीको दफा १५० मा समितिका सभापतिको निर्वाचनको व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका विषयगत समितिका बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा हुदै आएका छन् ।

२०७५ भदौ १२ गते प्रकाशित

वि.सं.२०७५ भदौ १२ मंगलवार १८:५२ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...