back
NMB ad

काठमाडौंका ६ स्थानमा सुरु भयो फ्री वाईफाई सेवा,कसरी चलाउने ?

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

महानगरलाई निःशुल्क वाईफाई क्षेत्र बनाउन परीक्षण भइरहेको उनले बताए । ‘इन्टरनेटको लत कहिले काहीँ समस्या बन्न सक्छ । फ्री वाईफाई पाएँ भन्दैमा युवायुवती कामै छोडेर फिल्म हेर्नतिर लागे भने अभिभावकबाट गुनासो आउन सक्छ’, मेयर शाक्यले भने, ‘त्यसैले सम्भावित जोखिम हेरेर कसरी काम गर्ने भन्नेमा हामी सचेत छौं ।’

पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्री वाईफाईको उपभोग गर्न पाइनेछ । चहलपहल बढी हुने क्षेत्रमा एक्सेस प्वाइन्ट र ब्याण्डविथ धेरै दिइएको छ भने कम भिडभाड हुने क्षेत्रमा थोरै छ ।

पशुपतिनाथ मन्दिर आसपासमा २०० देखि ७०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाईको मजा लिनसक्नेछन् । पशुपति क्षेत्रमा ११ एक्सेस प्वाइन्ट राखिएको छ । बौद्धमा ४ वटा एक्सेस प्वाइन्टबाट २५० देखि ५००, शंखपार्कमा २ वटा एक्सेस प्वाइन्टबाट ५० देखि २०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाई चलाउन सक्नेछन् ।

बालाजुमा ७ एक्सेस प्वाइन्टबाट २०० देखि ७००, स्वयम्भूमा ५ वटा एक्सेस प्वाइन्टबाट २०० देखि ३०० र बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा ९ वटा एक्सेस प्वाइन्टबाट ३०० देखि ५०० प्रयोगकर्ताले फ्रि वाईफाईको उपभोग गर्न सक्नेछन् । सबै क्षेत्रमा १० एमबिपिएस स्पिड दिइएको छ ।

महानगरपालिकाले सार्वजनिक उत्तरदायित्व अन्तर्गत विज्ञापनरहित हुने गरी वल्र्ड लिंकसँग ०७४ चैत्र १८ गते काठमाडौंका विभिन्न महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा फ्री वाईफाई जडानका लागि सम्झौता गरेको थियो । ६० दिनभित्रै फ्री वाईफाई सेवा जडान गर्ने भनिएपनि केही ढिला गरी थालिएको हो । महानगरका अनुसार वल्र्ड लिंकसँग ५ वर्षे सम्झौता गरिएको छ ।

कसरी चलाउने फ्री वाईफाई

सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ । यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा नाम र मोवाइल नम्बर भर्नुपर्छ । वल्र्ड लिंकका कार्यकारी निर्देशक विजय जलानकाअनुसार यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ ।

त्यो कोड भरिसकेपछि वाईफाई चलाउन सकिन्छ । सेवामा सवैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ । ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ । तर, उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ ।

महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार एक जनाप्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोश्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ । सुरक्षाका दृष्टिले यसो गरिएको महानगरले जनाएको छ । अनलाईनखवर

२०७५ भदौ १७ गते प्रकाशित

वि.सं.२०७५ भदौ १७ आइतवार १५:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...