back
NMB ad

नाडा अटो शोमा गाडी किन्नेलाई सहुलियत ब्याजदरमा ऋण दिने तयारीमा बैंकहरु

Kumari bank ad

काठमाडौं । सवारी साधनको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शोमा गाडी खरिद गर्नेलाई बैंकहरुले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएका छन् । यही भदौ २६ गतेबाट काठमाडौंकको भृकुटीमण्डपमा सुरु हुने उक्त नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरुले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन बिभिन्न योजना सार्वजनिक गर्दै छन् ।

नाडा अटो शोमा गाडी खरिद गर्नेलाई १० प्रतिशत ब्याजदरमा गाडी खरिद गर्न ऋण उपलब्ध गराउने तयारी गरेका छन् । अहिले अधिकांश बैंकले १३ प्रतिशत ब्याजदरमा अटो लोन दिँदै आएका छन् । बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । बैंकहरुले अघिल्लो नाटा अटो शोमा ८ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएका थिए तर अहिले बैंकमा लगानीयोग्य पुँजीको अभाव भएकाले उक्त ब्याजदरमा दिन नसकिने बैंकर बताउँछन् । यस बर्षको नाडा अटो शोमा करिव १० प्रतिशत ब्याजदरमा बैंकले ऋण उपलब्ध गराउने सम्भावना भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भनाइ छ ।

६ दिनसम्म चल्ने उक्त मेलामा १९ ब्रान्डका चारपांग्रे, २० बान्डका दुईपांग्रे सवारी साधान राखिने भएको छ । ६० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलालाई लक्षित गरेर व्यवसायीले नयाँ गाडी भित्र्याउन सुरु गरेका छन् । नाडा अटो शोले दसै नेपालीको घर आगनमा आइपुगेको संन्देश दिने छ । उक्त शोमा नयाँ मोडलका कार, मोटर साइकल, बिभिन्न पाटपुर्जा प्रर्दशनीमा राखिने भएको आयोजकको भनाइ छ । अटोमोबाइल व्यवसाय प्रवद्र्धनमा थप टेवा पुगोस र उपभोक्ताले एकै ठाउँमा धेरै सवारी साधन बारे जानकारी पाउन भन्ने उद्देश्यले अटो शो गर्दै आएको नाडाले जनाएको छ । बैंकहरुले सहुलित ब्याजमा ऋण दिन थालेपछि सामान्य मानिसले पनि गाडी चढ्न पाएका छन् ।

पहिला पहिला धनाढ्य वर्गले मात्र कार चढथे । तर, अहिले सामान्य नागरिकले पनि किस्ता बन्दीमा तिर्ने गरी बैंकबाट ऋण लिएर कार चढन थालेका छन् । बैंकहरुले मुल्यको ६५ प्रतिशत सम्म अटो लोन दिने गरेका छन् । यसले पनि सवारी साधान चढ्न सहज भएको हो । पहिला राणाहरूले आफ्नो सौखिनताका लागि गाडी बोकाएर ल्याउने र उपत्यका भित्र्याउने अनि सहज रुपमा एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्दथे । त्यसपछि बाटोको सञ्जाल विस्तारसँगै सवारी ल्याउन सहज हुन थाल्यो र आयात पनि त्यही अनुपातमा बढ्न पुग्यो । सवारीको आयात बढेसँगै सवारी उत्पादक कम्पनीहरूले नेपालमा आधिकारिक बिक्रेता तोकेर नै सवारी बिक्री थाले । यसरी सवारी बिक्री हुने क्रम बढेसँगै सवारी बिक्रेताहरूको संस्था स्थापना गरियो ।

२०३२ साल अटोमोबाइल एसोसिएस अफ नेपाल स्थापना भयो । २०६१÷६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) राखियो । नाडा अटो शो भने सन् १९९८ देखि सुरु भएको थियो । त्यो वर्ष २६ प्रदर्शकहरू सहभागी थिए । त्यस पछिका केही वर्ष दुई वर्षमा एक पटक अटो शो हुँदै आएको थियो तर त्यसपछि प्रत्येक वर्ष नाडा अटो शो गर्न थालियो । हिन्दुहरुको महान चार्ड दसैलाई लक्षित गरेर यस्तो शो प्रत्येक वर्ष आयोजना गरिदै आएको छ ।

यस वर्षको नाडा अटो सो दसै आउनु भन्दा करिव एक महिना अघि गर्न लागिएको छ । दसैमा पुराना गाडी भएकाले नयाँ किन्ने र नभएकाले नयाँ सवारी किन्ने चलन छ । गाडी बिक्रीका लागि धेरे संस्था छन् । ती संस्थाहरुको छाता संस्था नाडा हो । २०७२ मा उक्त संस्थाको नाम पुन परिवर्तन गरि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल राखिएको छ । यही संस्थाले प्रत्येक वर्ष सवारी साधनको कुम्भ भेला नाटा अटो शोको आयोजना गर्दै आएको छ ।

२०७५ भदौ १८ गते प्रकाशित

वि.सं.२०७५ भदौ १८ सोमवार ०९:५९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...